प्रदेश नम्बर ४ को नाम तमुवान -मगरात घोषणा हुनुपर्ने आदिबासी जनजाति महासंघ इजरायलको जोडदार माग |

अन्य

प्रदेश नम्बर ४ को नाम तमुवान -मगरात घोषणा हुनुपर्ने आदिबासी जनजाति महासंघ इजरायलको जोडदार माग |
जुलाई २२ काठमाडौँ:– प्रदेश नम्बरको ४ नामकरण तमुवान -मगरात हुनु पर्छ भन्दै आन्दोलनरत नेपाल आदिवासी जनजाती महासंघ (राष्ट्रिय )को माग र आन्दोलन प्रति नेपाल आदिवासि जनजाति महासंघ इजरायलले प्रेस बिज्ञप्ति मार्फत एक्यबद्दता जनाएको छ | जातीय समुदायहरुको माग र बाहुल्यता हुदा हुदै प्रदेश सभाको बहुमतको दम्भमा गण्डकी प्रदेश नामकरण गरिएको प्रति नेपाल आदिवासि जनजाति महासंघ केन्द्रले गर्दै आएको आन्दोलन माग र अडान प्रति तमुवान मगरात प्रदेश संघर्ष समिति लगायत नेफिन प्रवास शाखाहरुले गरेको एक्यबद्दतालाइ सम्मान गर्दै नेपाल आदिवासि जनजाति महासंघ इजरायलले सोही माग र अडान सहित एक्यबद्दता जनाउदै, प्रदेशको नामाकरण परिबर्तन गरेर तमुवान मगरात घोषणा नगरे सम्म साथ र सहयोग गरि रहनेछ भन्ने प्रतिबद्दता ब्यक्त गरेको छ | आदिवासि जनजाति महासंघ इजरायलका अध्यक्ष नरेश कुमार श्रेष्ठ र महासचीव समीर श्यांग्बा ह्योल्मोले हस्ताक्षरित बिज्ञप्तिमा प्रदेश नम्बर ४ मगर र तमुहरुको भुमि भएकोले पहिचान ,बाहुल्यता ,एतिहासिक पृष्ठभूमीको आधारमा नाम तमुवान -मगरात राखिनु पर्नेमा जोडदार राखेको छ | बिज्ञप्ति मार्फत प्रदेश नं. ४ मा ऐतिहासिक भूमि तमूवान–मगरातको सभ्यतालाई अलग्याउनु लोकतन्त्र, धर्म निरपेक्षता, संघीयता र आदिवासीहरूको भाषिक, सांस्कृतिक, सामाजिक, धार्मिक तथा राजनीतिक अधिकारमाथि कुठाराघात भएको र सो प्राप्तिको लागी हुने निर्णायक आन्दोलनको अन्तिम क्षण सम्म साथ दिने विश्वास ब्यक्त गरेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...