पश्चिम नेपालका यातायात ब्यबसायीहरुले साउन १ बाट दुर्घटनाको जिम्मा नलिने |

अन्य

पश्चिम नेपालका यातायात ब्यबसायीहरुले साउन १ बाट दुर्घटनाको जिम्मा नलिने |
जुलाई १२ बुटवल :-पश्चिम नेपालका यातायात व्यवसायीहरुले कुनैपनि दुर्घटनाको जिम्मा नलिने निर्णय गरेका छन् ।प्रदेश नम्बर ५, ७ र कर्णालीकाका विभिन्नन ८ वटा यातायात ब्यवसायी समितिले साउन १ गतेदेखि कुनैपनि दुर्घटनाको जिम्मा नलिने निर्णय गरेका हुन् ।उनीहरुले सरकारले गत चैत्र १८ गते गरेको निर्णयले आफूहरुमाथि अन्याय भएको भन्दै निर्णय सच्चाउन माग गरेका छन् ।तीनवटा प्रदेशका यातायात ब्यबसायी समितिको दाङमा बसेको बैठकले यस्तो निर्णय गरेको नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय सदस्य लोकराज पोखरेलले बताए । पश्चिमाञ्चल ट्रक व्यवसायी समिति, बाणगंगा यातायात ब्यबसायी समिति, राप्ती अञ्चल संयुक्त यातायात ब्यबसायी समिति, भेरी यातायात ब्यबसायी समिति, लुम्बिनी ट्रक व्यवसायी समिति, मध्यपश्चिम ट्रक तथा टे्रक्टर ब्यबसायी समिति, लुम्बिनी साना तथा मझौला ब्यबसायी समिति र सेती महाकाली ट्रक व्यवसायी संघ धनगढीको संयुक्त बैठक बसेको थियो । उनीहरुले सरकारलाई अबिलम्ब रोक्का रहेका संघसंस्थाको खाता संचालन गर्न र नबिकरण गराउन अनुरोध गरेका छन् । सरकारले तयारी नगरी सिण्डीकेट खारेज गर्न खोज्दा दुर्घटना निम्तिने व्यवसायीहरुले चेतावनी दिएका छन् ।सरकारको गलत निर्णयले साउन १ बाट यातायात व्यवसाय क्षेत्रमा ठूलो समस्या सिर्जना हुने भएकाले यस्को दोष राज्यले लिनुपर्ने पश्चिमाञ्चल ट्रक ब्यबसायी समितिका अध्यक्ष टीकाराम गौतमको भनाइ छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...