पोखरामा १९ औ सडक महोत्सव शुरु |

अन्य

पोखरामा १९ औ सडक महोत्सव शुरु |

सेम्बर २८ फिष्टेल न्युज सम्बत्दाता पोखरा :-अंग्रेजी नयाँ वर्षको स्वागतार्थ पोखरामा ‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’ भन्ने नाराका साथ १९ औं सडक महोत्सब शुरु भएको छ । पोखराको मुख्य पर्यटकिय क्षेत्र लेकसाईडमा विहिवारदेखि शुरु भएको महोत्सब ५ दिन सम्म चल्नेछ ।

अंग्रेजी नयाँ बर्षको अबसरमा रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराले विगत १९ बर्षदेखि एकै समय र स्थानमा महोत्सब गर्दै आएको छ । पोखरालाई नयाँ बर्षको गन्तब्य स्थलको रुपमा स्थापित गर्ने लक्ष्य सहित शुरु भएको सडक महोत्सब १९ औं संस्करण सम्म आईपुग्दा पोखराकै सबैभन्दा ठूलो महोत्सबका रुपमा स्थापित भएको छ ।

street-festival--1024x768

महोत्सबको विहिवार प्रतिनिधि सभाका नव निर्वाचित सांसद रबिन्द्र अधिकारीले उद्घाटन गरेका हुन् । महोत्सव अघि पोखराको खहरे चोकबाट महोत्सव स्थलसम्म झाँकीसहितको र्‍याली निकालिएको थियो ।र्‍यालीमा सहभागी भएका झाँकी मध्ये पुन समाज पोखरा प्रथम, दुधपोखरी तमु समाज द्वितीय, तमु प्ये ल्हुँ संघ पोखरा तृतीय तथा फेवा डुंगा ब्यबसायी समितिले सान्त्वना स्थान प्राप्त गरे ।

महोत्सव पोखराको सहीदचोकदेखी खहरे–डिहिकोपाटनसम्मको करीब ३ किलोमिटर क्षेत्रमा सञ्चालन हुनेछ । पर्यटन क्षेत्रको विकास गर्दै पोखरालाई अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको रुपमा बिकास गर्ने मूल लक्ष्यसहित महोत्सव आयोजना गरिएको रेबान पोखराका अध्यक्ष तथा कार्यक्रम संयोजक चौबहादुर गुरुङले जानकारी दिए ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...