हत्यारालाई कारबाहीको माग गदै पुतली बजारमा स्थानीयको प्रदर्शन ।

अन्य

हत्यारालाई कारबाहीको माग गदै पुतली बजारमा स्थानीयको प्रदर्शन ।
मार्च २३ पोखरा :-स्यांग्जा पुतलीबजार १ का २५ वर्षीय सिसोक गुरुङको हत्यारा पहिचान गरी कानुनी कारबाहीको माग गर्दै स्थानीयबासी र आफन्तजनले पुतलीबजार नगरपालिकामा प्रदर्शन गरेका छन् । प्रदर्शनपश्चात् प्रशासन कार्यालय पुगी प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलासँग पीडित परिवारले छोराको मृत्यु पश्चात न्याय माग्दा आफूहरु असुरक्षित भएको बताए । मृतकका बुबा ८२ वर्षीय विष्णु गुरुङले राति राति मोटरसाइकलमा आएर थर्काउने गरेको बताउँदै प्रशासन गुहार्नुपरेको उल्लेख गरे । प्रजिअ निरौलाले अबको दिनमा कोही धम्काउन आएमा प्रशासनलाई खबर गर्न आग्रह गर्दै दोषी कोही नछुट्ने प्रतिबद्धता जनाए । नारायणस्थानस्थित भाडामा बस्दै आएका गुरुङ फागुन १९ गते पुतलीबजार नगर पालिका सतौं जाने बाटोको पक्की पुलमुनि अचेत अवस्थामा भेटिएका थिए । उनको उपचारका क्रममा घटनाको २ दिनपछि मणिपाल अस्पतालमा निधन भएको थियो । मादक पदार्थ सेवन गरी झगडा गरेर कुटपिट गरी पुलमुनि फालिदिएको भन्ने परिवारको उजुरीका आधारमा ज्यान मार्ने उद्योगमा पक्राउ परेका पुतलीबजार १ का हिमप्रसाद गुरुङ, रोशन थापामगर, ज्ञान सिं ठकुरी र पुतलीबजार १४ का सफल भण्डारीलाई हिरासतमा राखी अनुसन्धान भइरहेको छ । समाधान

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...