सामाजिक संजाल बन्द गर्ने हल्ला मात्र, भ्रम फैलाउनेलाई कारबाही गरिने |

अन्य

सामाजिक संजाल बन्द गर्ने हल्ला मात्र, भ्रम फैलाउनेलाई कारबाही गरिने |
फागुन १९ काठमाडौँ :-सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जाल बन्द गर्ने कुरा हल्लामात्र भएको भन्दै भ्रम फैलाउनेलाई कारबाहीको प्रक्रिया अगाडि बढाइएको जनाएको छ । केही दिनयता मन्त्रालयको नाम जोडेर नेपालमा सामाजिक सन्जाल बन्द गर्न लागिएको कुरा सामाजिक सन्जालमा ‘भाइरल’ भएको छ । मन्त्रालयले यसबारे स्पष्ट पार्दै त्यस्तो सूचना लाइक, कमेन्ट वा सेयर गरिएको भए तत्काल हटाउन पनि प्रयोगकर्तालाई निर्देशन दिएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...