अनेसास इजरायल च्याप्टरको पाँचौ अधिबेशन भब्य रुपले सम्पन्न |

अन्य    विदेश

श्रावण २८  इजरायल :- अनेसास इजरायल च्यापटरको पाँचौं अधिवेशन कार्यक्रम तेल अभिवमा सम्पन्न भएको छ | त्यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा इजरायलका लागी नेपाल राजदुत निरञ्जन कुमार थापा हुनुहुन्थ्यो,कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजदूत थापाले प्रवासी भूमिमा रहेर साहित्यका माध्ययमबाट आफ्नो संस्कृतिको सम्बर्धनका साथै प्रचारप्रसार गरी विश्वभरी फैलाउनमा अनेसासले महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा राख्नुभयो । साहित्यकार ( कवयित्री) अनेसास इजराय च्यापटरकी अध्यक्ष भगवती वस्नेत ज्यूको विदाई कार्यक्रम पनि सोही कार्यक्रममा सम्पन्न भएको छ। वहाँ धेरै वर्ष देखि इजरायलमा कार्यरत भएर अव आफ्नो जन्म भूमिमा गएर साहित्य अगाडि बढाउने र आफ्नो जीवनका इच्छाहरू नेपालमै पुरा गर्ने चाहाना बोकेर स्वदेश फर्कंदै हुनुहुन्छ। अमेरीकाको बोस्टनबाट साहित्यकार अच्यूत अधिकारी ज्यूलाई पनि यो कार्यक्रममा अतिथिको रुपमा स्वागत गरिएको थियो भने कार्यक्रममा विभिन्न संघ-संस्थाहरुबाट अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन संस्थाकी सचिव दिया चापागाईंले गर्नुभयो र अनेसास इजरायल च्याप्टरले यही कार्यक्रममा नयाँ कार्य समिती पनि चयन गरेको छ।

नयाँ कार्यसमितिमा रहनु हुने पदाधिकारी ज्यूहरुको नाम यसप्रकार छन :-

१ )अध्यक्ष : निशा अर्याल २ )वरिष्ठ उपाध्यक्ष : लक्ष्मि अनुरागी भट्टराई ३ )उपाध्यक्ष : नेहा गुरुङ्ग ४ )महासचिव : दीया चापागाई ५ )सचिव : मनीषा प्रसाईं ६ )कोषाध्यक्ष : नुतन भुसाल ७ ) सुमीत्रा दवाडि : सहकोषाध्यक्ष 8)सदस्य: मन्जु धिमिरे ९ )सदस्य : स्वस्तिका श्रेष्ठ, १० )सदस्य अन्जना भट्टराई, ११ )सदस्य : तारा पोखरेल, १२ )सदस्य : राज लिम्बु

त्यस्ैगरी सदस्यहरुमा मन्जु धिमिरे, स्वस्तिका श्रेष्ठ, अन्जना भट्टराई, तारा पोखरेल राज लिम्बु, सुरेन्द्र प्रसाईं रहेका छन्।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...