टीकापुर घटनाका पीडितलाई राहत वितरण |

अन्य

टीकापुर घटनाका पीडितलाई राहत वितरण |
श्रावण १५ दाङ्ग :- टीकापुर घटनाका पीडित परिवारलाई राहत वितरण गरिएको छ। थारु महिला सभा मोरङकी अध्यक्ष कल्पना थारु, थारु युवा महेश चौधरीलगायतको सक्रियतामा ५५ हजार बराबरको राहत वितरण गरिएको हो। महेश चौधरीका अनुसार ५५ हजार रकम र दाङ जिल्लाबाट ४५ हजार बराबरको खाद्यानलगायतका सामग्री पीडित परिवारलाई वितरण गरियो। चौधरीका अनुसार पीडितमध्ये सबैभन्दा दयनीय ७ घरपरिवारको आर्थिकसँगै जिन्सी सहयोग गरिएको थियो। २०७२ भदौ ७ गतेको घटनाको अभियुक्त भन्दै प्रहरीले २५ जनालाई पक्राउ गरेको थियो। उनीहरु अहिले कैलाली करागारमा छन्।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...