तमु समाज युएईले भु.पु.संरक्षक तथा सल्लाहकारलाई बिधाई तथा सम्मान |

अन्य

जुन २६ फिस्टेल न्युज:- तमु समाज युएईका अध्यक्ष श्रीमती उषा तमुस्योको सभापतित्वमा प्रमुख अथिती भुपु संरक्षक श्री यम प्रसाद तमु, बिशेष अथिती तमु समाज युएईका संरक्षक श्री राजु तमु ,प्रमुख सल्लाहकार श्री डेरराज तमु ,भुपु सल्लाहकार श्रीमती रुपा तमुस्यो ,तमु समाज युएईका जेष्ठ अभिभावक श्रीमती तमुस्यो ,तमु समाज युएईका केन्द्रिय कार्यसमितिका पदाधिकारीहरु,क्षेत्रीय कार्यसमिति पदाधिकारीहरु,तमु बुद्धिजीवी,तमु जन,शुभेच्छुक तथा शुभचिन्तक को उपस्थितिमा तमु समाज युएईका भु पु संरक्षक श्री यम प्रसाद तमु, भुपु सल्लाहकार श्रीमती रुपा तमुस्यो र तमु समाज युएईका जेष्ठ अभिभावक श्रीमती गंगामती तमुस्यो कर्मभुमी युएई लाई सधैंको लागि बिट मार्दै स-परिवार अ्मेरिका प्रस्थान गर्ने भएको हुंदा भव्य रुपमा तमु समाज युएईले यहि २०१८ जुन २२ तारिख सिल्भार स्पोन रेस्टुरेन्ट वर दुबईमा बिधाइ कार्यक्रम गराइएको छ। युएईको २२ बर्ष लामो बसाईको दौडनमा वहाँले तमु समाज युएईको स्थापनाकाल सन् १९९७ साल देखि नै तमु समाज युएईको विभिन्न पदमा रहि अन्तिम दिन सम्म युएईमा रहनु भएका सम्पुर्ण तमुहरु लाई एकजुट गराउनु भइ तमु समाज युएई लाई अगाडी बढाउदै लैजानु भएको थियो।वहाँ तमु समाज युएईको संस्थापक कोषाध्यक्ष हुनु हुन्छ।सन् १९९७ साल देखि नै वहांले निरन्तर तमु समाज युएईको कोषाध्यक्ष,उपाध्यक्ष, अध्यक्षको कार्यबाहल समालेर नेतृत्व गर्नु भएको थियो।स्थापनाकाल देखि नै निरन्तर दिंदै वहाँले सल्लाहकार र संरक्षकको भुमिका निभाउदै २१ बर्ष निरन्तर लामो समय सम्म तमु समाज युएई लाई अगाडी बढाउदै लैजान योगदान दिनु भएको थियो।वहाँ आदिवासी जनजाति महासंघ युएईका संस्थापक अध्यक्ष पनि हुनु हुन्छ।युएईको पहिलो नेपाली संस्था नेपाली समाज युएईको अध्यक्षको नेतृत्व पनि वहाँले समाल्नु भएको थियो।वहाँको स्थायी घर प्रदेश नं.४ को राजधानी पोखरा लेखनाथ महानगरपालिका वडा नं.९ न्युरोडमा रहेको छ। बिधाइ कार्यक्रमको सभापतित्व तमु समाज युएईका अध्यक्ष श्रीमती उषा तमुस्योले गर्नु भएको थियो भने कार्यक्रम संचालन तमु समाज युएईका महासचिव श्रीमति पबित्रा तमुस्यो ज्यु ले गर्नु भएको थियो। कार्यक्रमको शुरूवातमा भु.पु.संरक्षक श्री यम प्रसाद तमु,भु.पु.श्रीमती रुपा तमुस्यो र ज्येष्ठा अभिभावक श्रीमती गंगमती तमुस्यो लाई अध्यक्ष श्रीमती उषा तमु, संरक्षक श्री राजु तमु,प्रमुख सल्लाहकार श्री डेर राज तमु र महिला बिभाग प्रमुख श्रीमती उर्मिला तमुस्योले दोसल्ला र खादा ओढाएर बिदाइ कार्यक्रमका सभापति समाजका अध्यक्ष श्रीमती उषा तमुले सम्मान-पत्र तथा मायाको चिनो प्रदान गर्नु भएको थियो। कार्यक्रममा तमु समाज युएई का संरक्षक राजु तमु ,प्रमुख सल्लाहकार डेरराज तमु, भुपु संरक्षक यम प्रसाद तमु भु.पु.सल्लाहकार श्रीमती रुपा तमुस्योले आ-आफ्नो मन्तव्य दिनु भएको थियो। मन्तव्य सम्पन्न पश्चात् नव बिबाह बन्धनमा बांधिनु भएका समाजका वरिष्ठ उपाध्यक्ष तथा संगठन बिभाग प्रमुख श्री मुनिन्द्र तमु र महिला विभाग उप-प्रमुख श्रीमती रमिला तमुस्यो लाई भु.पु.संरक्षक श्री यम प्रसाद तमु र भु.पु.सल्लाहकार श्रीमती रुपा तमुस्योले खादा ओढाइ सम्मान गरिएको थियोे । कार्यक्रमको समापन कार्यक्रमका सभापति समाजका अध्यक्ष श्रीमती उषा तमुस्योले गर्नु भएको थियो। कार्यक्रम समापन पछि अन्तिममा रात्रीभोजको आयोजना गरिएको फिस्टेल न्युज लाई समाजका प्रबक्ता मान सिङ तमुले जानकारी गराउनु भएको थियो।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...