खोलाले बस बगाउदा ११ जना घाइते ,५ को अवस्था गम्भीर |

अन्य

खोलाले बस बगाउदा ११ जना घाइते ,५ को अवस्था गम्भीर |
श्रावण २० तुलसीपुर:-तुलसीपुर–घोराही सडकखण्डको ग्वार खोलामा आएको बाढीले यात्रुवाहक बस बगाउँदा १२ जना यात्रु घाइते भएका छन् ।धनगडीबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ८१३६ नम्बरको यात्रुबाहक बस आज बेलुका खोलाले बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । उनीहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जना गम्भीर रहेको प्रहरीले जनाएको छ । लगातारको वर्षापछि स्थानीय खोलामा आएको बाढीले तुलसीपुर–लमही सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ । प्रहरीका अनुसार, तुलसीपुर–लमही सडकखण्डको बबई, कटुवा खोला, सेवार, गुर्जे, ग्वारखोलालगायका खोलामा आएको बाढीले आज दिउँसोदेखि यातायात प्रभावित भएको हो । गम्भीर घाईते भएका तुलसीपुर उपमहानगरपालिका २ बालापुर निवासी ४० बर्षका दोर्ण देवकोटा, उनकी श्रीमती ३८ बर्षकी होमा देवकोटा , तुलसीपुर उपमहानगरपालिका –१५ डुरुवा निवासी २२ बर्षकी प्रतिमा पौडेल, सुर्खेत दशरथपुर गाउँपालिका बस्ने २२ बर्षका दिपक दर्लामी, उनकी श्रीमती कृष्ण पौडेललाई थप उपचारका लागि कोहोलपुर रेफर गरिएको हो । उनीहरुलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भीक उपचारपछि थप उपचारका कोहोलपुर रेफर गरिएको हो । अन्य घाईतेहरुलाईलाई समान्य उपचार पछि डिस्चार्ज गरिएको छ । समान्य घाईतेहरुमा तुलसीपुर ७ वसन्तपुरका मिनबहादुर वली, तुलसीपुर, ८ निवासी ५० बर्षकी बिमाल देवी विक, तुलसीपुर ५, ३८ की द्रौपता परियार, सोही ठाउँकी लक्ष्मी परियार, घोराही १९ बर्षका विजय बुढा, सोही ठाउँकी ५१ ज्योति बुढा , शानितनगर २ बस्नेत ३५ बर्षका खलकुमारी बस्नेत, रुकुम धर्मशाला गाउँपालिका ६५ बर्षकी पुर्ण रोका, कैलाली लागीचुवा नगरपालिका बस्ने १८ बर्षका सुवाश चौधरीरहेका छन् । उक्त बसमा १७ जना यात्रु सवार थिए । स्थानीय सवारी साधनहरु सहजै वारपार गरेपनि धनगडिबाट आएकाले सडक कच्वे पत्ता नलगाउँदा खोलाले गाडि बगाएको डिएसपी सापकोटाले बताए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...