अमेरिकामा तमू प्ये ल्हु संघको अर्को शाखा बिस्तार |

अन्य    विदेश

अमेरिकामा  तमू प्ये ल्हु संघको अर्को शाखा बिस्तार |
भदौं ५ न्यूयोर्क,अमेरिका प्रेम तमू प्हच्युमे,मिशिगन,यु एस ए :-न्यूयोर्क,अमेरिका २०१८ अगष्त १४ तारिखका दिन न्यूयोर्क,अमेरिकामा बसोबास गर्दै आउनुभएका प्ये ल्हु मार्गी तमुहरुले बर्ष दिनको आथक गृहकार्य पश्चात तमू प्ये ल्हु संघ,न्यूयोर्क अमेरिका नामकरण गर्दै शाखा बिस्तार गर्न सफल भएका छन् । उत्तरी अमेरिकाको पूर्वीतटमा तमू (गुरुङ) को विभिन्न सामाजिक संघ-संस्थाहरु भएतापनि तमूहरुको आफ्नै विशिष्ट पहिचान,धर्म,संस्कार-संस्कृति (प्ये ता-ल्हु ता) , सामाजिक चलनले सम्पन्न नेपालको आदिबासी जनजाती तमू(गुरुङ)को पहिचानजन्य बिबिध पक्षको खोज-अनुसन्धान,संरक्षण,सम्बर्द्दन र विकास गर्दै संगठित रुपले क्रियाशील बन्न आदिम संस्कार र मौलिक परम्परा बोकेको तमू धार्मिक संस्था बान्छनीय देखिएकोले तमू प्ये ल्हु संघ, न्यूयोर्क अमेरिका TPLS,NY America गठन गर्दै नयाँ कार्यसमितिको चयन गरिएको छ । खेगी चिवा कुम बहादुर टु तमूको सभापतित्वमा सुसम्पन्न भएको बृहत भेलाले डिल बहादुर तमू (मिलन ) को अध्यक्षमा १५ सदस्यीय कार्यसमिति चयन गरेका छन् । बृहत भेलालाई दुई सत्रमा बिभाजन गरी विधिवत रुपमा नवनिर्वाचित सचिब नन्द बहादुर तमू र सदस्य सुश्री सम्झना तमुस्यो दुवैले कार्यक्रमलाई रोचकता पूर्वक संचालन गर्नु भएको थियो। कार्यक्रमलाई सफल पार्न सयौंको संख्यामा ओइरिएका शूभचिन्तक तमूहरु तथा नेपाली दाज्यू-भाई अनि दिदी-बहिनीहरुको उपस्थितीमा तमू जातिको आदिम संस्कार-मौलिक परम्परा(प्ये ता-ल्हु ता)बारे मन्तब्य राख्दै तमू खेगी चिवा कुम बहादुर टु तमुले कार्यक्रमको शुभाराम्भ गर्नु भएको थियो भने कार्यव्यस्तताका बाबजुत कार्यक्रममा पाल्नु हुने सम्पूर्ण महानुभावहरुलाई संदेश र ज्ञान मूलक भाषण,मन्तब्य प्रति पट्यार नलागोस् भनेर उपस्थित महानुभावहरुहरुको मूड ताजा राख्न कार्यक्रमको बीच बिचमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर कलाकारहरुले भरपुर मनोरंजन दिएका थिए । कार्यक्रमको अन्त्यमा TPLS NEW YORK AMERICA विधिवत रुपमा स्थापना भएको घोषणा हुनु पूर्व बर्ष दिन देखिको बार्षिक प्रतिवेदन सचिव नन्द बहादुर तमु ज्युले प्रस्तुत गर्नु भएको थियो भने अध्यक्ष डी बि तमू ज्युले TPLS NEW YORK AMERICA स्थापनार्थ हेतु आर्थिक,भौतिक ,नैतिक सहयोग गर्नु हुने सम्पूर्णलाई सधन्यबाद दिदैं बृहत भेला सभ्य र भब्य रुपमा सफल पार्न बृहत भेलाको प्रोयोजन गर्नु हुने श्री बृख बहादुर तमू,अनिल तमु,युवराज तमु,तेज तमू,माया तमुस्यो,नविना तमुस्यो,सन्तोष तमू,अर्जुन तमु,मेन राज तमू ज्युलाई हार्दिक आभार प्रकट गर्दै सधन्यबाद दिनु भएको थियो। तमू आदिम संस्कार-मौलिक संस्कृति बोकेको धार्मिक संस्थाको अभावमा तड्पिएको पूर्वी तट अमेरिकाका तमू हरुलाई TPLS NEW YORK AMERICA को उपश्थितिले राहत महसुस हुनेछ भन्ने मन्तब्य दिदैं तदर्थ समितिका अध्यक्ष ज्युले कार्यक्रम समापन भएको घोषणा गर्नु भयो ।

बृहत भेलाले चयन गरेको कार्यसमितिका निर्वाचित पदाधिकारीहरु र सदस्यज्यूहरुको नामावलीहरु :- १) अध्यक्ष - डिल बहादुर तमू । २)प्रथम उपाध्यक्ष -तेज तमू । ३)द्वितीय उपाध्यक्ष-युवराज तमू । ४)सचिव-नन्द बहादुर तमू । ५)सह सचिव-सन्तोष तमू । ६)कोषाध्यक्ष-अनिल तमू । ६)सह कोषाध्यक्ष-बालध्वज तमू । सदस्य ज्युहरु क्रमशः- बृख बहादुर तमू,कमल तमू,मिन तमू,मेनराज तमू,अर्जुन तमू,सम्झना तमुस्यो,टीका तमुस्यो । सल्लाहकार :- कुम तमू,नरबिर तमू,माया तमुस्यो । कानूनी सल्लाहकार :- अरुण तमू ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...