प्रहरी प्रशासनको अगाडी झुके आन्दोलनरत ३ पाङ्ग्रे सवारी |

अन्य

प्रहरी प्रशासनको अगाडी झुके आन्दोलनरत ३ पाङ्ग्रे सवारी |
श्रावन ९ चितवन :- प्रहरी प्रशासन कडा रुपमा प्रस्तुत भएपछि चितवनमा ३ पाँग्रे सवारी साधनको आन्दोलन स्थगित भएको छ ।बुधबार साँझ जि. प्र. कार्यालयमा बसेको सर्वपक्षिय छलफलपछि पाँच बुँदे सहमती गर्दै आन्दोलन स्थगित गरिएको हो । छलफलबाट महानगरले निर्धारण गरेको पुरानै रुट अनुसार तीन पाँग्रे सवारी साधन संचालन गर्ने, घाईते महेन्द्र सुनारको उपचार प्रशासनको समन्वयमा गर्ने र तीन पाँग्रे सवारीलाई व्यवस्थित गर्न भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाह ठकुरीको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय भएको चितवनका प्रहरी प्रमुख सुशील सिंह राठौरले जानकारी दिए । भरतपुर महानगरपालिकाले यही साउन ५ गतेदेखि मूख्य राजमार्गमा तीन पाँग्रे सवारी साधन संचालनमा रोक लगाएको थियो । त्यसको विरोध तीन पाँग्रे सवारी चालकहरु आन्दोलनमा उत्रिएका थिए । सो क्रममा आज केन्द्रीय बस टर्मिनल चोक भरतपुरमा प्रहरी र सवारी चालक मजदुरहरुबीच झडप भएको थियो । सो क्रममा प्रहरीको गोली लागि नवलपुरको गैंडाकोट–४ निवासी महेन्द्र सुनार घाईते भएका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...