पर्बतमा पहिरो जाँदा ५ जना बेपत्ता ,५ घर बगाए |

अन्य

पर्बतमा पहिरो जाँदा ५ जना बेपत्ता ,५ घर बगाए |
जुलाई १८ पोखरा :- जिल्लाको जलजला गाउँपालिका-८ मा पहिरो जादाँ पाँच जना बेपत्ता भएका छन्, भने पाँचवटा घर पनि पहिरोले बगाएको छ । बुधबार विहान करीब १ बजे माथिबाट झरेको पहिरोले बमबहादुर परियारको घर बगाउँदा उनका छोरा विकास परियारसहित अन्य चार जना बेपत्ता भएका प्रहरीले जानएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले पहिरोले घर बगाएको र केही मानिस सम्पर्कविहीन भएको बताए । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...