चितवनमा सवारी दुर्घटना २ जनाको मृत्यु |

अन्य

चितवनमा सवारी दुर्घटना २ जनाको मृत्यु |

फेब्रअरी ८ काठमाडौँ :-चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत भरतपुर महानगरपालिका २९ गाईघाटमा ट्रकसँग ठोक्किएर दुधको ट्यांकर त्रिशुली नदीमा खसेको छ । आज ,विहिवार विहान साढे पाँच बजे भएको सो दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन् । उनिहरु ट्याँकरको चालक र सहचालक भएको बताइएको छ ।

नारायणगढबाट पोखरा तर्फ जाँदै गरेको बा ४ ख ६९५३ नम्बर दुधको ट्यांकर विपरित दिशाबाट आउँदै गरेको ना ७ ख ४३१४ नम्बरको ट्रकसँग ठक्कर खाएको थियो । ट्यांकर सडकवाट करिव १ सय मिटर तल खसेको र पानिमा थोरै भाग देखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ट्रक भने सडकको कुनातर्फको नालिमा खसेको छ । प्रहरी र स्थानियको सहयोगमा शव निकालिएको प्रहरीले जानकारी दिएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...