जनवादी गायिका कमला दोङको टुङ्ना र डम्फू बोलको गीत सार्वजनिक ।

सिनेमा/मनोरन्जन

जनवादी गायिका कमला दोङको टुङ्ना र डम्फू बोलको गीत सार्वजनिक ।
जुन २३ काठमाडौँ :- जनयुद्धकालिन जनवादी गायिका कमला दोङको टुङ्ना र डम्फू बोलको गीत बजारमा सार्वजनिक भएको छ । निक्कै लामो समय सम्म सांगीतिक दुनियाँबाट टाढा रहेर बसेकी गायिका दोङले यो पटक सेलो गीत मार्फत कम ब्याक गरेकि छिन् । सुसान लामाको शब्द संगीत,कमला दोङको स्वर तथा नोर्बु शेर्पाको एरेन्जमा रहेको उक्त गीतमा चर्चित मोडेल निरन्जली लामा,सागर लामा, मिलन लामा लगायतका कलाकारहरुले अभिनय गरेका छन् । दश वर्षको लामो सशस्त्र संघर्षको बेला एक हातमा राइफल र अर्को हातमा गीतार बोकेर जनताको घरदैलोमा निरंकुश तानाशाही शासकको विरुद्ध गीत र संगीत मार्फत जनतालाई सचेत गराउदै हिड्ने क्रान्तिकारी योद्धाहरु मध्येका गायिका कमला दोङ पनि एक हुन ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 3.00)
Loading...