का आ सेवा समाजले आपतकालीन कोष स्थापनार्थ नयाँ बर्ष सांस्कृतिक धमाका २०७६ आयोजना गर्दै।

विदेश    सिनेमा/मनोरन्जन

का आ सेवा समाजले आपतकालीन कोष स्थापनार्थ नयाँ बर्ष सांस्कृतिक धमाका २०७६ आयोजना गर्दै।
अप्रिल ९ मान सिङ गुरुङ (मानु कोन्मे) फिष्टेल न्युज सम्बदाता युएई:- युएईमा कार्यरत रहँदा आपत विपदमा परेका नेपाली नागरिकहरूको सहयोग तथा उद्दारको लागि आपतकालिन कोष स्थापना गर्न कास्की आदर्श सेवा समाज युएईले आउदै गरेको नयाँ वर्ष २०७६ को अवसर पारेर नेपालका ख्याति प्राप्त राष्ट्रिय कलाकारहरू वरिष्ठ लोक दोहोरी गायक तथा कुशल कार्यक्रम प्रस्तोता चोलेन्द्र पौडेल, लोक दोहोरी गायिका तुलसा क्षेत्री, हास्य कलाकार युवराज भन्डारी (पोख्रेली माग्ने बुढा) तथा तथा प्रवास युएईमा रहेका कलाकारहरूको बेजोड प्रस्तुतीका साथ २०१९ अप्रील १२ तारिख शुक्रबार दिन होलिडे इन होटल (भेगाँस क्लब हल), वर दुबई युएई (बर्जुमन मेट्रो स्टेशन नजिक एक्जिट नं ४,दिनको ठिक १:३० बजे) मा साँस्कृतिक धमाका २०७६ को आयोजना गर्न गइरहेको छ।उक्त कार्यक्रममा युएईमा रहेका सम्पुर्ण संघ, संस्था,महानुभाव, दाजुभाइ तथा दिदिबहिनीहरु लाई गरिमामय उपस्थितीका लागि कास्की आदर्श सेवा समाज युएईका महासचिव बिकास अधिकारीले अव्हान गर्नु भएको छ।

आपतकालीन कोष स्थापनार्थ नयाँ बर्ष सांस्कृतिक धमाका २०७६

आयोजक :-कास्की आदर्श सेवा समाज युएई मिती :-अप्रील १२ शुक्रबार समय :-दिनको १।३० बजे स्थान :- होलिडे इन होटल (भेगाँस क्लब हल)


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...