हङकङमा फिल्म युनिट ‘शिरमाह्रानी’लाई सम्मान ।

विदेश    सिनेमा/मनोरन्जन

हङकङमा फिल्म युनिट ‘शिरमाह्रानी’लाई  सम्मान ।
मे १६ हङकङ: – फिल्म प्रदर्शनको लागि हङकङ आइपुगेको ‘शिरमाह्रानी’को टिमलाई पर्वच मञ्च हङकङले सम्मान गरेको छ । फिल्म प्रदर्शनको लागि हङकङ आइपुगेका फिल्मका निर्माता÷निमात्री, नायक÷नायिकालाई सम्मान गरिएको हो । कार्यक्रममा पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’को अध्यक्षता रहेको थियो भने भुपु अध्यक्ष तथा बर्तमान सल्लाहकार बिसन गुरुङ को प्रमुख अतिथ्य रहेको थियो । कार्यक्रम लाई पर्वत मञ्चका उपाध्यक्ष तथा कार्यक्रम संयोजक भीम गुरुङले स्वागत मन्तव्य बाट सुरु गरेका थिए । कार्यक्रमको विशेष अतिथिहरुमा सल्लाहकार तिर्थ गुरुङ, चलचित्र निर्माता नवीन गुरुङ, निता गुरुङ ,नायिका सिमरन गुरुङ ,नायिका पुनम गुरुङ , पर्वत मञ्चका इकाई अध्यक्ष तथा प्रतिनिधि सल्लाहकारको उपस्थिति रहेको थियो । नेपाल बाट आएका चलचित्र निर्माता÷निमात्री नवीन गुरुङ र निता गुरुङ ,नायक सिमरन गुरुङ र नायिका पुनम गुरुङ लाई मञ्चका अध्यक्षले खादा ओढाए सम्मान गरेका थिए । यस्तै प्रमुख अतिथि, अध्यक्ष तथा सम्पुर्ण कार्यसमितिका सदस्यद्धारा माया को चिनो प्रदान गरिएको थियो । सम्मानपछि फिल्म युनिटले हङकङबासि नेपाली दाजुभाईसँग भेटघाट हुन पाउँदा खुसि लागेको बताएका थिए । कार्यक्रम लुम्बिनी क्लब जोर्डनमा बेलुकी ८ बजेदेखि सुरु भएको थियो । कार्यक्रमलाई प्रमुख अतिथि को शुभकामना मन्तब्य पछि अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’ले समापन गरेका थिए । कार्यक्रम मञ्चका महासचिव विद्या गुरुङले सञ्चालन गरेकी थिइन ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...