ईजरायलमा नया बर्ष सांगीतिक साँझ २०७५ भब्य रुपले सम्पन्न |

विदेश    सिनेमा/मनोरन्जन

ईजरायलमा नया बर्ष सांगीतिक साँझ २०७५  भब्य रुपले सम्पन्न |
अप्रिल २१ ईजरायल :-ईजरायलको तेल अविभमा नेपाली नया बर्ष २०७५ को उपलक्क्ष्यमा भएको सांगीतिक साझ २०७५ भब्य रुपले सम्पन्न भएको छ |गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ईजरायलको मूल आयोजना, नेफिन ईजरायलको आयोजनामा र विभिन्न संघ /सस्थाहरुको सह -आयोजनामा ''-ईजरायलमा रहेका नेपालीहरुका लागि आपतकालीन सहयोगका लागि कोष वृद्धि'' गर्न उद्देश्यले आयोजना गरिएको सो कार्यक्रम गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ईजरायलका अध्यक्ष छिरिङ्ग शेर्पाको सभापतित्वमा सम्पन्न भएको थियो | नेपाली राजदुताबास ईजरायलका महामहिम राजदुत श्री निरन्जन कुमार थापा प्रमुख अतिथि ,वहाका धर्म पत्नी निर्मला थापा अतिथि ,नेपाली राजदुताबास ईजरायलका उपनियोग प्रमुख आस्था सुब्बा अतिथि ,बिशेस अतिथिहरुमा यु एन प्रतिनिधि डा.ध्रुव कोइराला ,एनआरएनए इजरायल निबर्तमान अध्यक्ष दिपक प्रसाद ओली ,एनआरएनए इजरायल पुर्व अध्यक्ष सुबास खरेल ,नेफिन ईजरायलका अध्यक्ष नयन हिम्सुंग लिम्बु ,अतिथिहरुमा आम्रो मोबाइल सेन्टर ,मोबाइल होम ,साथ ईजरायलमा रहेका विभिन्न संघ/सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु रहनु भएको थियो | प्रमुख अतिथि तथा सभापतीद्वारा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नु भएको थियो भने स्वागत मन्तब्य सस्थाका स -सचिव रुक माया रेग्मीले गर्नु भएको थियो |एनआरएनए इजरायल निबर्तमान अध्यक्ष दिपक प्रसाद ओली मन्तब्य दिनु भएको थियो भने प्रमुख अतिथि नेपाली राजदुताबास ईजरायलका महामहिम राजदुत श्री निरन्जन कुमार थापा ज्युद्वारा कार्यक्रम राम्रो उदेश्य राखेर गरेकोमा आयोजकलाई धन्यवाद दिनु हुँदै सम्पूर्णलाई नया बर्षको शुभकामना दिनु भएको थियो |प्रमुख अतिथि तथा कार्यक्रम सभापति ज्यु द्वारा नेपालबाट आमन्त्रित कलाकारहरुलाई सम्मान गर्नु हुँदै मायाको चिनो प्रदान गर्नु भएको थियो |त्यसै गरि अन्तराष्ट्रिय कलाकार मंच ईजरायल र नेपाल तामांग घेदुङ्ग ईजरायलको तर्फबाट पनि कलाकारहरुलाई सम्मान गरिएको थियो |औपचारिक कार्यक्रमको समापन पछि कार्यक्रम संचालक /संचालिका द्वय सस्थाका महासचिव तेञ्जिङ्ग शेर्पा र सचिव निर्मला गुरुङबाट सास्कृतिक कार्यक्रम प्रस्तोता शुशील नेपाललाई हस्तान्तरण गर्नु भएको थियो | कार्यक्रममा नेपालबाट आएका कलाकारहरु नेपाल आइडल बुद्ध लामा, निशान भट्टराई र प्रताप दासकाले दर्शकलाई भरपुर मनोरंजन दिएका थिए |कार्यक्रमको अन्त्यतिर स्टेजमा आएका नेपाल आइडल बुद्ध लामाको प्रस्तुतिमा दर्शकहरु उठेरा नाचेका थिए |कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुतिहरु पनि सम्झने लाएक थिए |कार्यक्रममा अन्दाज करीब  ७०० ,७५० दर्शकको उपस्थित रहेको थियो |समग्रमा भन्नु पर्दा कार्यक्रमलाई सफल नै भएको मानिन्छ |यस कर्याक्रमलाई सफल बनाउन प्रत्येक्ष अप्रत्येक्ष सहयोग पुरयाउनु हुने स्पोन्सरहरु ,संघ ,सस्था लगायत सम्पूर्णमा एनआरएनए इजरायलद्वारा धन्यवाद प्रकट गरेको छ | क्यामरा सहयोगी :-तेजेन्द्र गुरुङ

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 4.00)
Loading...