वाम गठबन्धनको बृहद चुनावीसभा मंशिर ९ मा पोखरामा हुने ।

राजनीति

वाम गठबन्धनको बृहद चुनावीसभा मंशिर ९ मा पोखरामा हुने ।

नोवेम्बर २१ पोखरा :-वाम गठवन्धन निर्वाचन जिल्ला संयोजन समिति कास्कीको आयोजनामा मंसिर ९ गते शनिवार पोखरामा वृहत चुनावीसभा हुने भएको छ ।अमरसिंहचौरको मैदानमा हुने जिल्लास्तरीय सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले सम्वोधन गर्ने वाम गठवन्धन निर्वाचन जिल्ला संयोजन समिति कास्कीले मंगलवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

सभामा जिल्लाका गाउँपालिका तथा महानगरवाट हजारौँको संख्यामा जनतालाई कार्यक्रममा सहभागिता गराउने तयारी रहेको नेकपा एमाले कास्कीका कार्यवाहक अध्यक्ष दामोदर वैरागीले जानकारी दिए ।

कार्यक्रमको तयारी स्वरुप विभिन्न उपसमितिहरु मार्फत जनतालाई कार्यक्रममा स्वतस्फूर्त रुपमा वढि भन्दा वढि सहभागिता गराईने माओवादी केन्द्रका कास्की संयोजक वखानसिंह तमुले जनाए । सभालाई सम्वोधन गर्न आउने दुवै पार्टीका अध्यक्षहरुलाई एरपोर्टमा भव्य स्वागत गरिने माओवादी कास्कीका प्रचार विभाग प्रमुख त्रिभुवन पौडेलले वताए।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...