बामदेव गौतमलाई संसदमा ल्याउन काठमाडौँ ७ का सांसद रामवीर मानन्धरले राजीनामा घोषणा गरे |

राजनीति

बामदेव गौतमलाई संसदमा ल्याउन काठमाडौँ ७ का सांसद रामवीर मानन्धरले राजीनामा घोषणा गरे |
असोज २३ काठमाडौँ :-काठमाडौं ७ का नेकपाका सांसद रामवीर मानन्धरले पार्टीसमक्ष राजीनामा दिएको घोषणा गरेका छन् ।मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दैै मानन्धरले आफूले पार्टीसमक्ष राजीनामा पेश गरेको र पार्टी कमिटीले छिट्टै राजीनामा स्वीकृत गर्ने बताए । पत्रकारहरुको प्रश्नको उत्तर दिँदै सांसद मानन्धरले बामदेव गौतम पार्टीका लागि लामो त्याग गरेका र आफूजस्तो फुत्त राजनीतिमा आएको व्यक्ति नभएको भनी बामदेव गौतमको प्रशंसा गरे ।देशमा शान्ति र समृद्धि आवश्यक भएकोले पार्टीले निर्णय गरे अनुसार आफू वामदेवका लागि निशर्त पद छोड्न तयार भएको उनले जिकिर गरे । काठमाडौं ७ बाट मानन्धर दोस्रो पटक सांसद निर्वाचित भएका हुन् । मानन्धर पछिल्लो निर्वाचनमा १८ हजार १ सय २ मत प्राप्त गरी विजयी भएका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...