नेपाली जनसम्पर्क समिति इजरायलले दैविक प्रकोप पिडीतलाई सहयोग रकम हस्तान्तरण ।

राजनीति

नेपाली जनसम्पर्क समिति इजरायलले  दैविक प्रकोप पिडीतलाई  सहयोग रकम हस्तान्तरण ।
मे ९ बारा :-बारा र पर्सामा अकस्मात आएको हावाहुरी, असिना, पानी विनाशकारी दैविक प्रकोपको कारणले २०७५ चैत १७ गते आईतबारका दिन साँझ भएको जनधनको क्षति र दुखद अवस्थालाई केही राहत पुगोस् भन्ने हेतुले राहत संकलन अभियान सहयोगको लागी नेपाली कांग्रेसको बैदेशीक भात्री संगठन नेपाली जनसम्पर्क समिति इजरायल कार्यसमितिका तर्फबाट उपसभापति गौरी माया सुबेदीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो, जसमा महामन्त्री सुर्य राना र सांस्कृतिक विभाग प्रमुख लाल दुराज्यु रहेको थियो । उक्त्त समितिको रहोबरमा आर्थिक संकलन गरिएको रकम रु २,४१,००० (अक्षेरुपि रु दुई लाख एकचालिस हज़ार मात्र) रकम २५ वैशाख २०७६ बुधबारको दिन नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान कार्यक्रमका बिच बारा जिल्लाका पार्टी सभापति श्री जयचन्द्र प्रसाद चौरासिया र उक्त्त कार्यक्रम प्रमुख अतिथि नेपाल विद्यार्थी संघका संस्थापक सदस्य तथा नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य श्री वसन्त गुरुङ ज्युको रोहवरमा यसै नेपाली जनसम्पर्क समिति इजरायलका महामन्त्री राज छत्कुली ज्यु र कोषाध्यक्ष सुशीला बस्नेत ज्युबाट विध्यालय भवन निर्माणका लागी रकम एक कार्यक्रम सहित हस्तान्तरण गर्नुभयो । साथै यस सहयोगार्थ रकम हस्तान्तरण कार्यक्रममा बारा जिल्लाका नेपाली कांग्रेस प्रति आस्थवान व्यक्तित्व ज्युहरु, समाजसेवि, बुद्धिजीवी साथै नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान कार्यक्रममा उपस्थित रहनुभएका सम्पुर्णलाई तथा इजरायलबासी सम्पूर्ण दाताहरुमा नेपाली जनसम्पर्क समिति इजरायल परिवारद्वारा हार्दिक आभार प्रकट गरिएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...