तमुहरुको महान राष्ट्रिय पर्व च्यु ल्होसार तमु प्ये ल्हु संघ कतार शाखाले दोहामा भब्य रुपले मनाए ।

विदेश

तमुहरुको महान राष्ट्रिय पर्व च्यु ल्होसार तमु प्ये ल्हु संघ कतार शाखाले दोहामा भब्य रुपले मनाए ।
जनवरी ८ दोहा :-“प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्ही म्हमु - शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मान्छे नै हराउछ" तमु समुदायको आफ्नो मौलिक भेष-भुषा, भाषा, संस्कार, संस्कृति, पहिचान एबं तमु प्ये ताँ ल्हु ताँको संरक्षण, सम्बर्द्धन र प्रबर्धन बिकास गर्ने हेतुले स्थापना भएको तमु प्ये ल्हु संघ कतारले गुरुङ्ग(तमु )हरुको महत्व पूर्ण राष्ट्रिय चाड तमु च्यु (मुसा ) ल्होसार तथा स्योकै खाने कार्यक्रम भब्य रुपले सम्पन्न भएको छ ।कार्यक्रम संघको अध्यक्ष श्री रबिन्द्र प्ल्हे तमुको सभापतित्वमा सम्पन्न भएको थियो ,भने नेपाली राजदुतावास दोहा कतारको भर्खरै नियुक्त हुनुभएका महामहिम राजदुत डा: श्री नारद नाथ भारद्वाज ज्युको प्रमुख आथिती , बिशेष अथितीहरुमा क्रमशः नेपाली राजदुतबाँस दोहा कतारको एडमीन अफिसर श्री प्रबिन भट्टराई ज्यु , प्रथम सचीव श्रीमती अनु खनाल ज्यु ,तृतीय सचीव जिना अधिकारी ज्यु, संघको पच्यु खेगी श्री जीवन ल्हेगे तमु क्ल्हप्री गुरु श्री नवीन टु क्ल्हप्री तमु , खेगी श्री नवीन टु क्ल्हप्री तमुB संघका जेष्ठ नागरिक श्री खिम ब: प्ल्हे तमु प्रमुख संरक्षक श्री युद्धजङ्ग प्हच्यु तमु , संघको निमन्त्रणा लाई स्वीकार गरि नेपाल बाट पाल्नु भएका आमन्त्रित कलाकार त्रय लमजुङ जिल्ला निवासी तमु गुरुङ चलचित्रका नायक तथा जिफन एसोसिएसन नेपालका सदस्य एंव तमु प्ये ल्हु संघ लमजुङ शाखाका सदस्य श्री बिष्णु प्ल्हे तमु , स्याङ्जा जिल्ला हाल काठमाडौ निवासी लोक तथा दोहोरी गायिका श्रीमती सिमा त्ल्हेन्जा तमुस्यो , लमजुङ जिल्ला निवासी बाल कलाकार डान्सर एंव कोरियोग्राफर सुश्री सरस्वती त्हार तमुस्यो, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद मानर्थ सदस्य श्री बिमल सुवेदी ज्यु , सदस्य होमनाथ शर्मा ज्यु ,सदस्य क्रान्ति सिंह ज्यु ,सदस्य अजिज अलि ज्यु, समाजसेवी तथा बुद्धिजिवि श्री बिल तमु ज्यु ,साथै श्री बुद्वबल तमु ज्यु गैर आवासीय नेपाली राष्ट्रिय समन्वय परिषद कतारका प्रथम उपाध्यक्ष श्री उत्तम तमु ज्यु, विशेष अथितिको रुपमा बैचारिक संस्थाहरुमा क्रमशः नेपाली प्रवासी मंच कतारका अध्यक्ष श्री चानक पोखरेल ज्यु , नेपाली जनसम्पर्क समिती कतार , विभिन्न प्रदेशका संयोजक ज्युहरु नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका प्रथम उपाध्यक्ष श्री पुरुषतम सुनुवार ज्यु, तमु गुरुङ समाज कतारका अध्यक्ष श्री भाईकाजी तमु ,ज्युको उपस्थित रहको थियोे भने क्रमशः मात्री संस्थाहरु बाट नेपाल मगर संघ शाखा कतार , किराँत याक्थुङ्ग चुम्लुङ कतार ,नेपाल प्रवासी तामाङ समाज कतार , थारु कल्याणकारी च्यप्टर दोहा कतार , सुनुवार सेवा समाज कतार , भुजेल सेवा समाज कतार , राई यायोख्ख शाखा कतार , नेपाली महिला समाज कतार , साथै नेपाली साहित्य समाज कतार, साथै विभिन्न जिल्लागत संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधि ज्युहरु ,व्यावसायिक तथा समाजसेवी ब्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रम संघको सचीव श्री देव चम्रु तमु र कार्यक्रम संयोजक श्री चन्द्र ल्हेगे तमुले संचालन गर्नु भएको थियोे । प्रर्देशमा रहेर आफ्नो महान पर्व मनाउनको निम्ति कार्यक्रम सुरुवात घरदेशको नेपाली राष्ट्रिय गान गाए लगत्तै कर्मभुमी कतारलाई संमान स्वरुप कतारको राष्ट्रिय गान बजाई कार्यक्रम बारेमा प्रकाश पार्दै प्रथम उपाध्यक्ष श्री चन्द्र ल्हेगे तमुले स्वागत मन्तव्य द्वारा उपस्थित सम्पुर्णलाई स्वागत गर्नुभएको थियो । कार्यक्रमका सभापति तथा सम्मानिय प्रमुख अथिती ज्युको हस्तबाहुली बाट पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको समुद्वाटन गरिएको थियोे ।त्यस पछी पनि छुट्टै आफ्नै पहिचान रहेको तमु जातिको राष्ट्रिय गान तमु ह्युल्सा क्वोई संगै तमु प्ये ल्हु संघको स्वागत गित पनि बजाई संमान गर्नु भएको थियोे भने संघको खेगी गुरुबाट शास्त्रीय बेदअनुसार च्यु ल्होसारको उपलक्ष्यमा आसिमालाँ / शुभकामना व्यक्त गर्नु भएको थियो । त्येस्तै गरि तमुहरुको ल्होसारको महत्त्व बारेमा प्रमुख संरक्षक युद्ध जङ्ग प्हच्यु तमुले प्रकाश पार्दै उपस्थित सम्पुर्णमा च्यु ल्होसारको शुभकामना तथा कार्यक्रम सफलताको कामना व्यक्त गर्नु भएको थियोे । नेपाली राजदुतावास दोहा कतारको महामहिम राजदुत डा: नारद नाथ भारद्वाज बाट तमु (गुरुङ) समुदायको महान पर्व तमु ल्होसारको उपलक्ष्यमा कतारमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी लाई ल्होसारको शुभकामना व्यक्त गर्दै नेपाली राजदुतावासको तर्फबाट सक्दो साथ र सहयोग रहने प्रतिबद्धता गर्दै गुरुङ जातिहरुमा रहेको यो मुल्यवान संस्कार ,संस्कृति प्रति गौरवान्वित रहेको महसुस गर्दै इतिहासको चर्चा परिचर्चा गर्दै हाम्रो देश नेपाल लाई नेपाली भैई चिनाउन र बचाउन स्व अंशु गुरुङको योगदान रहेको खुलेर प्रंशाम्सा गर्दै हाम्रो देश ४ जात ३६ बर्णको फुलबारी सदैव फरफाई नेपाल आमाको अस्तित्व र स्वभिमानको निम्ति एकैभाई सबैजातजाती मिलेर देश बिकास र समृद्धिको बाटोमा लैजान संमान रुपमा अगाडि बढनमा गहकिल शब्दहरुले समेटिएर मन्तव्य राख्नु भएको थियो । साथै यस च्यु ल्होसार बिशेष साँस्कृतिक कार्यक्रम २०२० लाई भब्यताका साथ सफल पर्नालाई थुप्रै मनकारी दानवीरहरु द्वारा खुलेर आर्थिक सहयोग समेत गरेको थियो । ल्होसार एउटा शुभकामना आदानप्रदान तथा स्योकैं कार्यक्रम भएकोले उपस्थित सम्पुर्णले च्यु ल्होसारको आशिमाल / शुभकामना दिदै तमु तमुस्यो चेलीहरुले बनाएको मीठो परिकार रोटि खानपिनको ग्रहण गरि सम्पूर्णमा मनोरञ्जन तथा तमु संस्कार पछि संस्कृतिले प्ये ताँ ल्हु ताँ संरक्षण र प्रवर्द्धन गर्नमा टेवा पुग्ने र ल्होसार पर्वमा सम्पुर्ण उपस्थित दर्शक महानुभाबहरु लाई भरपुर मनोरञ्जन दिलाउन सफल संघको साँस्कृतिक बिभाग द्वारा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति दिई मनोरञ्जन दिलाउन सफल भएको थियो भने नेपाल बाट पाल्नु हुने मुख्य आकर्षक अथिती कलाकार त्रय बिष्णु तमु ,सिमा तमुस्यो , सरस्वती तमुस्योको बेजोड प्रस्तुतिले कार्यक्रमको माहोललाई थप रौनकता बढाएको थियो । क्रमशः शुभकामना मन्तव्य बक्तहरुमा : जिल्लागत संस्थाहरुको प्रतिनिधित्व गर्दै स्याङ्जा सेवा समाज कतारका अध्यक्ष श्री अजमन अलि ज्यु, मात्री संस्थाहरुको प्रतिनिधित्व गर्दै तमु (गुरुङ) समाज कतारका अध्यक्ष श्री भाईकाजी तमु ज्यु , नेपाली महिला समाज कतारका का: अध्यक्ष अमिना खान ज्यु, नेपाली साहित्य मंच कतारका अध्यक्ष श्री सिताराम थापा , सम्पुर्ण प्रदेशहरुको प्रतिनिधित्व गर्दै प्रदेश नम्बर : ३ का संयोजक श्री समीर खत्री ज्यु , समाजसेवी तथा व्यावसायिकहरुको प्रतिनिधित्व गर्दै श्रीमती लोक माया केसी ज्यु , गैर आवासीय राष्ट्रिय समन्वय परिषद कतारका प्रथम उपाध्यक्ष श्री उत्तम तमु ज्यु , नेपाल पत्रकार महासंघ कतारका अध्यक्ष श्री करिम बक्स मिया ज्यु , बैचारिक संस्थाहरुको प्रतिनिधित्व गर्दै नेपाली जनसम्पर्क समतिका महामन्त्री श्री अजिज अलि ज्यु , नेपाली प्रवासी मंच कतारका अध्यक्ष श्री चानख पोखरेल ज्यु लगायत सम्पुर्णले तमुहरुको महान पर्व ल्होसारको शुभकामना व्यक्त गरेका थियो । कार्यक्रमका प्रमुख अथिती महामहिम राजदुत श्री नारद नाथ भारद्वाज ज्युलाई (क्रेगी) फेटा र संमान पत्र क्रीस्टल मायाको चिनो प्रदान गरि संमान गरिएको थियोे । च्यु ल्होसारको अवसरमा तमु (गुरुङ) समाज कतारको महिला बिभागको तर्फबाट कोसेली स्वरुप मीठो रोटि , फलफूलका परिकारहरु हस्तान्तरण गर्नु भएको थियो भने कार्यक्रमका सभापति श्री रबिन्द्र प्ल्हे तमु , प्रमुख अथिती , र महिला संयोजक सारा लेम तमुस्यो लाई(क्रेगी)फेटा र क्रमु (पछ्यौरी) ले सम्मान गरेको थियोे । अन्त्यमा कार्यक्रममा उपस्थित सम्पुर्ण आमन्त्रित प्रमुख अथिती, विशेष, अथिती र अथितीहरु , सम्पुर्ण संघ संस्थाका प्रतिनिधि ज्युहरु , दोहाबासी तमु तथा गैर तमु नेपाली दाजुभाइ तथा दिदीबहिनी प्रति गरिमामय उपस्थितिको निम्ति हार्दिक धन्यवाद आभार प्रकट व्यक्त गर्दै सदैव यो सद्भाव र सहयोगको निम्ति कृतज्ञता व्यक्त गर्दै कार्यक्रमका सभापति रबिन्द्र प्ल्हे तमु ज्यु द्वारा च्यु ल्होसार कार्यक्रम समापन गर्नुभएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...