नेकपाका अध्यक्ष प्रचण्ड पुनःभोली दिल्ली जाने |

राजनीति

नेकपाका अध्यक्ष प्रचण्ड पुनःभोली  दिल्ली जाने |
कात्तिक ८ काठमाडौँ :- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष ‘प्रचण्ड’ भोलि भारतको राजधानी नयाँ दिल्ली जाने भएका छन् । इन्डिया फाउन्डेसनले आयोजना गरेको ‘इन्डिया आइडिया कन्क्लेभ–२०१८’ कार्यक्रममा भाग लिन अध्यक्ष प्रचण्ड दिल्ली जान लागेका हुन् ।प्रचण्ड शुक्रबार बिहान ८ बजे नयाँ दिल्ली गएर सोही दिन बेलुका फर्कने कार्यतालिका तय गरिएको छ । उक्त कार्यक्रममा प्रचण्डले सम्बोधन गर्ने बताइएको छ । इन्डिया फाउन्डेसनका अध्यक्ष राम माधव रहेका छन् । उनी सत्तारुढ भारतीय जनता पार्टीका महासचिव पनि हुन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...