जासुसी गर्न खोलिएको बिराटनगरको कार्यालय बन्द गर्न बिप्लोप माओबादीको चेतावनी |

राजनीति

जासुसी गर्न खोलिएको बिराटनगरको कार्यालय बन्द गर्न बिप्लोप माओबादीको चेतावनी |
अप्रिल १८ काठमाडौं:- नेकपाका पूर्वी कमान्ड इन्चार्ज विरहीले मङ्गलबार पूर्वी क्षेत्र बन्द गर्न सघाउने सबै पक्षलाई धन्यवाद दिँदै सरकारले बिनाकारण गिरफ्तार गरेका नेता र कार्यकर्तालाई बिनासर्त तत्काल रिहा गर्न आग्रह गरेका छन् । विज्ञप्ति जारी गर्दै विरहीले २०६५ सालमा बाढी नियन्त्रण गर्न विराटनगरमा बनाइएको भारतीय बाढी नियन्त्रण कार्यालयले क्रान्तिकारी आन्दोलनविरुद्ध जासुसी गरिरहेकाले उक्त कार्यालय तत्काल बन्द गर्न चेतावनी पनि दिएका छन् । पार्टीका नेता र कार्यकर्ता रिहा नगरिए र विराटनगरस्थित भारतीय कार्यालय बन्द नगरिए अझ उच्च स्तरको सङ्घर्ष सञ्चालन गरिने विरहीको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...