विप्लव नेतृत्वका १०० नेता तथा कार्यकर्ता माओबादी केन्द्रमा प्रवेश |

राजनीति

विप्लव नेतृत्वका १०० नेता तथा कार्यकर्ता माओबादी केन्द्रमा प्रवेश |

फेब्रअरी १३ काठमाडौँ :-नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका १०० बढी नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।माओवादी पार्टीका केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार २३ औं जनयुद्ध दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनीहरुलाई पार्टीमा प्रवेश गराएका हुन ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको सहयोगी संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) नेपालले आयोजना गरेको जनयुद्ध दिवसमा अध्यक्ष प्रचण्डले २३ किलोको केक काटेरले कार्यकमको उद्घाटन गरेका थिए ।कार्यक्रममा माओवादी केन्द्रका सबै शीर्ष नेताहरुको उपस्थिति रहेको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...