राजपा नेपाल प्रदेश नम्बर २ मा सरकारबाट बाहिरिने |

राजनीति

राजपा नेपाल प्रदेश नम्बर २ मा सरकारबाट बाहिरिने |
जुन ६ काठमाडौँ :-राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव एवम् प्रदेश सभा सदस्य मनिष सुमनले प्रदेश नं २ को सरकारबाट आफ्नो पार्टी छिट्टै बाहिरिने बताएका छ्न । प्रदेश नं २ मा राजपा र संघीय समाजवादी फोरम, नेपाल मिलेर सरकार गठन भएको छ । राजपाको समर्थनमा फोरम नेपालका लालबाबु राउत २ नं प्रदेशका मुख्यमन्त्री भएका हुन । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता सुमनले मधेश आन्दोलनको भावना विपरित फोरम अध्यक्ष उपेन्द्र यादव केन्द्र सरकारमा गएको आरोप लगाए । उनले नेकपा र फोरम नेपालबीच भएको दुई बुँदे सहमति सत्तामा चढ्ने सिँढीमात्रै भएको पनि दाबी गरे । उनले यही जेठ २५ गते बस्ने पार्टीको राजनीतिक समितिको बैठकबाट प्रदेश नम्बर २ को सरकारबाट अलग हुने र केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...