नयाँ शक्तिबाट फेरि कार्यकर्ता माअाेवादी केन्द्रमा प्रवेश ।

अन्य    राजनीति

नयाँ शक्तिबाट फेरि कार्यकर्ता माअाेवादी केन्द्रमा प्रवेश ।
अक्टुबर २८ गोर्खा :-नया शक्तिका संयोजक बाबुराम भट्टराईको गृह जिल्लामा पनि कार्यकर्ताहरु पहिलेकै पार्टीमा प्रवेश गरेका छन् । नेता बासु पाेखरेल सहित कार्यकर्ताहरु माअाेवादी केन्द्रमा प्रवेश गरेका छन् ।अाइतबार बिहान गाेरखा सिरानचाेकका नयाँ शक्तिका केन्द्रीय परिषद् सदस्य तथा काठमाडौं क्षेत्र नं. ५ का प्रतिनिधि सभाका उम्मेद्वार पाेखरेल माअाेवादीमा प्रवेश गरेका हुन् ।“सानाे समूहबाट मुलुककाे समृद्धि र राजनीतिक भविष्य सम्भव छैन”, माअाेवादी प्रवेश गर्दै नेता पाेख्रेलले भन्नुभयाे, “म विगतमा माअाेवादी केन्द्रमा नै सक्रिय थिएँ, बीचमा बाबुराम भट्टराईले केही गर्नुहुन्छ कि भन्ने ठानेर नयाँ शक्तिमा लागें । तर, नयाँ शक्ति अाफ्नै अस्तित्वकाे संकटमा छ । तसर्थ माअाेवादी केन्द्रमै दत्तचत्त भएर लाग्ने साेचसहित पार्टी प्रवेश गरेकाे हुँ ।” पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले बाबुराम भट्टराईका पछिल्ला कदमले स्वयं भट्टराई र नयाँ शक्तिलाई संकटमा पारिरहेकाे बताए ।माअाेवादी केन्द्रका नेता एवं गाेरखा क्षेत्र नं. २ का उम्मेद्वार नारायणकाजी श्रेष्ठले नयाँ शक्तिबाट दिनहुँ माअाेवादी केन्द्रमा प्रवेशकाे लहर चलेकाे बताउँदै बाम गठबन्धनले जितेर मात्र देशकाे स्थीरता र समृद्धि सम्भव हुने बताए । केहि दिनअघि यसअघि नयाँ शक्तिका एक दर्जन केन्द्रीय परिषद् सदस्य माओवादी केन्द्रमा प्रवेश गरेका थिए । गोरखा जिल्लामा क्रियाशील नयाँ शक्ति पार्टी, नेपालका दुई दर्जन नेताहरु ने.क.पा. (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । नयाँ शक्तिका नेताहरु बिहीबार बिहान अध्यक्ष प्रचण्डको हातबाट टिका लगाएर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्रमा प्रवेश गर्ने नेताहरुमा नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद् सदस्य जीत बहादुर घले, तमु परिषद्का केन्द्रीय सह–ईन्चार्ज आनन्द बहादुर घले, गाउँपालिका संयोजक डम्वरसिंह घले, गाउँ परिषद् सल्लाहकारद्वय डा. जीत बहादुर घले, बल बहादुर घले, बाम बुद्धिजीवी खड्क बहादुर गुरुङ लगायत रहेका छन् ।पार्टी प्रवेश गराउँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखा जिल्ला बामपन्थीहरुको किल्ला भएको बताए । अध्यक्ष प्रचण्डले भने, ‘गोरखा जिल्ला बामपन्थीहरुको किल्ला हो । माओवादी केन्द्र प्रवेश गर्ने नयाँ शक्तिका गोरखाली नेताहरुले साना पार्टी र समूहबाट नेपालको आर्थिक समृद्धि सम्भव नभएको र नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाएर मात्र समाजवादमा जान सकिने निष्कर्षसहित आफूहरु माओवादी केन्द्रमा आएको बताए । पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका नेता एवं गोरखा क्षेत्र नं.–२ का उम्मेद्वार नारायणकाजी श्रेष्ठ, क्षेत्र नं.–१ का उम्मेद्वार हरिराज अधिकारी लगायतका नेताहरु उपस्थित थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...