कास्कीको क्षेत्र नम्बर ३ सहित ५० ठाउँमा मंशीरमा उपनिर्बचन हुने ।

राजनीति

कास्कीको क्षेत्र नम्बर ३ सहित ५० ठाउँमा मंशीरमा उपनिर्बचन हुने ।
अगस्ट २ काठमाडौँ :-निर्वाचन आयोगका पदाधिकारी र राजनीतिक दलबीच मंसिरमा रिक्त स्थानमा उपनिर्वाचन गर्ने विषयमा सहमति भएको छ ।बिहीबार निर्वाचन आयोगमा भएको सर्वदलीय बैठकमा उपस्थित अधिकांश राजनीतिक दलहरूले मंसिरमा चुनाव गराउन उपयुुक्त हुने सुझाव दिएका थिए । आयोगसंग परामर्श गरेर सरकारको निर्वाचनको मिति तोक्ने कानूनी प्रावधान रहेको छ । सो बैठकमा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १८ वटा राजनीतिक दल सहभागी थिए । आयोगको विवरणअनुसार अहिले ५० ठाउँमा उपनिर्वाचन गराउन पर्नेछ । प्रतिनिधिसभा सदस्यका लागि कास्की ३ मा उपचुनाव गराउनुपर्नेछ। कास्की ३ बाट चुनाव जितेका नेकपाका सांसद रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि सो ठाउँ खाली भएको छ।  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...