नेपाल कम्युनिस्ट पार्टी (विप्लव )का पुर्व जिल्ला इन्चार्ज पक्राउ ।

राजनीति

नेपाल कम्युनिस्ट पार्टी (विप्लव )का  पुर्व जिल्ला इन्चार्ज पक्राउ ।
मे ३१ रुकुम – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुम पूर्वका जिल्ला इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ ।रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ३ मुलपानीबाट रुकुमका जिल्ला इन्चार्ज कर्णबहादुर नकाल ‘शिशिर’लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रमुख प्रहरी नायव उपरिक्षक सुमति खड्काले जानकारी दिए । गोप्य सूचनाको आधारमा जिल्ला इन्चार्ज नकाललाई फेला पारेर पक्राउ गरिएको उनको भनाई छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष सुरक्षा टोलिले उनलाई मंगलबार बिहान पक्राउ गरेको हो । डिएसपी खड्काले उनलाइ सार्वजनिक अपराध मुद्दा दर्ता गरिने बताएका छन् । पक्राउ परेका जिल्ला इन्चार्ज नकाल विरुद्ध गरेर हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको उनले जनाए । केहि दिन अघि मात्र प्रहरीले नेकपा निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मा र अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष प्रेमप्रशान्त बोहरालाई पनि पक्राउ गरेर हिरासतमा राखेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...