बाबुराम र नारायणकाजी गोरखाबाट चुनाव लड्ने ।

राजनीति

बाबुराम र नारायणकाजी गोरखाबाट चुनाव लड्ने ।
अक्टुबर ९ काठमाडौँ :-प्रतिनिधिसभा चुनाबमा गोरखा क्षेत्र न.१ बाट नया शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई र क्षेत्र न.२ बाट माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ उठ्ने भएका छन् ।यस अघि दुवै नेता क्षेत्र न.२ बाट चुनाब लड्ने चर्चा भएपनि एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको बिचमा चुनावी तालमेलपछि सहमतिमा उनीहरुको निर्वाचन क्षेत्र तय भएको हो ।

दुवै नेताहरुको घर भने क्षेत्र न.२ मा नै पर्छ । डा.बाबुराम भट्टराईले दोस्रो संबिधान सभाको चुनाबमा पनि क्षेत्र न.१ बाटनै चुनाब जितेका हुन् ।एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको बिचमा चुनावी तालमेल भएपछि बाबुराम भट्टराई सूर्य चिन्ह लिएर चुनाव लड्ने लागेका हुन् ।

तर वाम गठबन्दनकाे दल नेकपा एमाले प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा प्रत्यक्ष तर्फ यादव वस्नेतको नाम सर्वसम्मत सिफारीस भएको छ । अागामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागी नेकपा एमाले गोरखाले प्रत्यक्ष र समानुपातिक तर्फको उमेदवार सिफारीस गरेको छ ।एमाले जिल्ला कमिटिले प्रतिनिधि सभा र प्रदेशमा सभामा चुनाव लड्न आकांक्षा देखाउनेको नाम प्रदेश कमिटिलाई सिफारीस गरेको एमालेले जनाएकाे छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...