दिपक मनाङ्गेले राष्ट्रिय सभाको निर्बाचनमा मतदान गरेनन |

राजनीति

दिपक मनाङ्गेले राष्ट्रिय सभाको निर्बाचनमा मतदान गरेनन |

फेब्रअरी ७ पोखरा:- राष्ट्रिय सभा निर्वाचनको लागि प्रदेश ४ मा दीपक मनाङ्गे (राजिव गुरुङ) बाहेक सबैले मतदान गरिसकेका छन् । २ सय ३० मतदातामध्ये २ सय २९ जनाले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो प्रदेशमा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ सय ७० र प्रदेश सभा सदस्य ६० जना मतदाता छन् । मनाङ्गेले मतदान गर्न भने गएनन् पाँच वर्ष जेल सजाय हुने पुनरावेदन अदालतको फैसलालाई सर्वोच्च अदालतले सदर गरेपछि उनी फरार छन् ।मनाङ्गेले प्रदेश सभा सदस्यको सपथ समेत लिएका छैनन् । दिउँसो ३ बजेपछि मतगणना शुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...