राष्ट्रपतिमा बिद्यादेवी भण्डारीको उम्मेदवारी ,उपराष्ट्रपतिमा नन्द बहादुर पुन पासाङ् सर्बसम्मत |

राजनीति

राष्ट्रपतिमा बिद्यादेवी भण्डारीको उम्मेदवारी ,उपराष्ट्रपतिमा नन्द बहादुर पुन पासाङ् सर्बसम्मत |

मार्च ७ काठमाडौँ :-राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् ।नेकपा एमालेले राष्ट्रपतिमा भण्डारीलाई नै दोहोर्‍याउने निर्णय गरेपछि भण्डारीले बुधबार मध्याह्न बानेश्वरस्थित संघीय संसद् भवनमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।भण्डारीको प्रस्तावकमा एमाले नेता माधव नेपाल, महासचिव ईश्वर पोखरेल, माओवादी नेत्री एवम् पूर्वसभामुख ओनसरी घर्ती तथा समर्थकमा माओवादी नेता एवम् गृहमन्त्री रामबहादुर थापा बादल, एमाले सांसद भानुभक्त ढकाललगायत छन् ।

भण्डारीभन्दा अगाडि नै पुगेर कांग्रेस उम्मेदवार कुमारीलक्ष्मी राईले पनि उम्मेदवारी दर्ता गराइसकेकी छन् ,भने उप-राष्ट्रपतीमा फेरि नन्दबहादुर पुन पासाङ् सर्वसम्मत सिफारिस भएका छन् । माअाेवादी केन्द्रले पुनलार्इ सर्वसम्मत सिफारिस गरेकाे हाे ।अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीसँगको समझदारीअनुसार राष्ट्रपति भण्डारीसँगै पुनलाई नै दोहोर्याउने निर्णय भएकाे हाे । निर्वाचन आयोगले यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि आज अपराह्न ३ बजेसम्म मनोनयनका लागि समय तोकेको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...