नेपाली कांग्रेसका युवा नेता गगन थापालाई ने बि संघले नै कालो झन्डा देखाए |

राजनीति

नेपाली कांग्रेसका युवा नेता गगन थापालाई ने बि संघले नै कालो झन्डा देखाए |
माघ २० पोखरा :-नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ कास्कीका कार्यकताले आफ्नै पार्टीका नेता गगन थापालाई पोखरामा कालो झण्डा देखाएका छन् । सरकारको विरुद्धमा कांग्रेसले देशभर आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्न पोखरा आएका थापा आफ्नै कार्यकर्ताले कालो झण्डा देखाएका हुन । थापाले कोण सभालाई सम्बोधन गरिरहेका बेलामा नेविसंघ कास्की जिल्ला सभापति विकास थापा नेतृत्व समूहले कालो झण्डा देखाएको हो। थापाले माफी नमागेसम्म विरोध गरिरहने नेविसंघ कास्की सभापति विकास थापाले बताए । गगन थापाले विरोधको सामना गर्नुको कारण हो–उनले आगजनी गर्ने नेविसंघ कास्कीका कार्यकर्ताको आलोचना गर्नु । सरकारी गाडीमा आगो लगाएको विषयमा थापाले फेसबुकमा स्टाटस लेख्दै घटनाको निन्दा गरेका थिए । त्यति बेला नेविसंघ कास्की भने आन्दोलनमा थियो । आगजनी गरेको आरोपमा आफ्ना पाँच जना कार्यकर्ता पक्राउ गरेको विरोधमा उनीहरु आन्दोलित भैरहेको बेलैमा थापाले स्टाटस लेख्दै आगजनी गर्ने कार्यको निन्दा गरेका थिए । ‘नेविसंघको नाममा केही ‘विद्यार्थीले’ सरकारी गाडी जलाएकोमा तपाईको धारणा के हो, भनेर थुप्रै साथीहरुको प्रश्न रहेछ। किन्तु, परन्तु केही नलगाई मेरो उत्तरः त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ। यस्तो कामलाई निरुत्साहित गर्न म डटेर लाग्नेछु,’ नेता गगन थापाले फेसबुकमा लेखेका थिए । यो लेखे वापत उनले माफी माग्नु पर्ने माग गरिएको छ । पक्राउ परेका विद्यार्थी नेतालाई रिहाई गर्न दवाव दिनु पर्नेमा उल्टै कारवाहीको लागि पहल गरेको भन्दै कार्यकर्ता आक्रोशित भएर कालो झण्डा देखाएको बताइएको छ । यसैबीच पोखरामा भएको कांग्रेसको विरोध सभामा युवा नेता थापा सहित नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री यज्ञबहादुर थापा, प्रदेश सभा सदस्य एवं कांग्रेस नेता कुमार खड्का, विन्दु कुमार थापा लगायतले सम्बोधन गरेका थिए।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...