पार्टी एकताको लागि अन्तरिम बिधान र जनसंगठन खाका ल्याउन उपसमितिको गठन |

राजनीति

पार्टी एकताको लागि अन्तरिम बिधान र जनसंगठन खाका ल्याउन उपसमितिको गठन |

फेब्रअरी २७ काठमाडौँ :- बाम पार्टी एकताको प्रक्रियामा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संगठनसम्बन्धी कार्यदलले अन्तरिम विधान लेखन र जनवर्गीय संगठनको एकीकरणको खाका तयार गर्न शुरु गरेको छ ।एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज सम्पन्न संगठनसम्बन्धी कार्यदलकोे बैठकले विधानको खाका तयार गर्न वर्षमान पुन र वेदुराम भुसाल तथा जनवर्गीय संगठनको एकीकरणको प्रस्ताव तयारीका लागि गोकर्ण विष्ट र गिरिराजमणि पोखरेल रहेको उपसमितिलाई जिम्मा दिएको एमालेका सचिव विष्टले जानकारी दिनुभयो ।

दुवै उपसमितिले यही फागुन २२ गते बस्ने कार्यदलको बैठकमा प्रतिवेदन पेश गर्नेछ । दुई दलबीच यही फागुन ७ गते पार्टी एकता संयोजन समितिको बैठकमा सहमति भएको एकीकरणका प्रारम्भिक सात आधारमा सो कार्यदल गठन भएको हो ।गत फागुन ८ गते दुई दलबीच एकीकरणका लागि सातबुँदे प्रारम्भिक आधार तय भएपछि संगठनात्मक तथा विधान मस्यौदा कार्यदल र प्रतिवेदन कार्यदल गठन गरिएको थियो ।

कार्यदलको संयोजकमा केन्द्रका नेता रामबहादुर थापा हुनुहुन्छ । वैचारिक प्रतिवेदन तयार गर्न एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा अर्काे कार्यदल पनि गठन भएको छ । दुवै कार्यदले यही फागुन २५ गतेभित्र प्रतिवेदन बझुाए पनि आगामी चैतको पहिलो साता एकता गर्ने तयारी छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...