बागमतिले बगाएर तीन बालिका बेपत्ता |

अन्य

बागमतिले बगाएर तीन बालिका बेपत्ता |

भदौ ७ रौतहट :-  रौतहटको धर्मपुरमा रहेको बाग्मती नदीमा ३ जना बालिका डुबेर बेपत्ता भएका छन् ।गढिमाई नगरपालिका- ७ कि १० वर्षकी पिंकुकुमारी मुखिया, १२ वर्षकी सुजिता कुमारी दास र १० वर्षकी चञ्चलकुमारी मुखिया बेपत्ता भएका रौतहटका प्रहरी उपरीक्षक रविराज खडकाले जानकारी दिए ।डुबेका बालिकाहरुको खोजीका लागि स्थानीय वासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् ।सँगै नुहाउन गएकी अर्चना कुमारी मुखियाले बालिका डुब्दै गरेको देखेपछि स्थानीयलाई खबर गरेकी थिइन् ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...