बाजुरामा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गयो ।

अन्य

बाजुरामा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गयो ।
जुलाई १९ बाजुरा :- बाजुराको जगन्नाथ ५ भुवाखोलामा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्युु भएको छ ।जगन्नाथ गाउँपालिकाको पिलुचौरबाट छिमेकी जिल्ला कालीकोटको जितेगडातर्फ जाँदै गरेको क१ज २१ नंको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । कोल्टीको पिलुचौरबाट कालिकोटको जितेगडा जाँदै गरेको क १ ज २१ नम्मरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ। जीपमा सवार १५ जना मध्ये २ जना सकुसल रहेको प्रहरीले जनाएको छ। जीप उकालोमा चढ्न नसकेर कर्णाली करिडोरको सडकबाट ५० मिटर तल खसेको बताएको छ।दुर्घटनामा जीप चालक रमेश बोगटी र मुगु जिल्ला घर भएका यात्रु रामबहादुर शाहीको मृत्यु भएको छ भने अन्य घाइते हुनेमा जगन्नाथ गाउँपालिका–५ गोत्रीका टक्क ल्वार, सोही गाउँका अम्मकला ल्वार, महेश्वरी ल्वार, जनु ल्वार, त्यसैगरी हिमाली गाउँपालिका लालवीर चदारासहित रहेका छन् । तीमध्ये टक्क ल्वार र अम्मकला ल्वारको अवस्था गम्भीर रहेको छ । घाइते बाँकी चार जनाको नाम खुल्न सकेको छैन । लगातारको पानीले सडक चिप्लो र उकालो भएकाले उकालोमा चढ्न नसकी चिप्लिएर दुर्घटना भएको बताइएको छ । जीपमा १३ जना सवार रहेको प्रहरीले बताएको छ i ,

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...