पोखरा पर्बतिय सङ्ग्रहालय १० घण्टा खुल्ला रहने ।

अन्य

पोखरा पर्बतिय सङ्ग्रहालय १० घण्टा खुल्ला रहने ।
अप्रिल ९ पोखरा :- पोखरा १७ रातोपैह्रमा अवस्थित अन्तर्राष्ट्रिय पर्वतिय सङ्ग्रहालय दैनिक १० घण्टा खुलाइएको छ । नेपाल पर्वतारोहण संघद्वारा पोखरा १७ मा १ सय रोपनी जग्गामा निर्मित सङ्ग्रहालय बिहान ९ बजेदेखि साझ ५ बजेसम्म खुल्दै आएकोमा चैत २४ गतेदेखि बिहान ८ बजेदेखि साझ ६ बजेसम्म संचालन हुने स्रोतले जनाएको छ । २०६१ माघदेखी संचालनमा आएको सङ्ग्रहालयमा पर्यटकको चाप बढ्न थालेपछि अवलोकनको समय बढाइएको नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तबिर लामाले जानकारी दिनुभएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...