इजरायलका नेपालीहरुले इजरायलका लागी नेपाली राजदुत ड़ा अन्जान शाक्यलाई भब्य रुपले स्वागत गरे |

विदेश

इजरायलका नेपालीहरुले इजरायलका लागी नेपाली राजदुत ड़ा अन्जान शाक्यलाई भब्य रुपले स्वागत गरे |
मार्च १७ तेल-अविभ :– इजरायलका लागी नव नियुक्त महामहिम नेपाली राजदुत डा।अन्जान शाक्यलाई इजरायलमा स्थापित संघ /सस्थाहरुले भब्य रुपले स्वागत गरेको छ मार्च १५ -२०१९ शुक्रबार तेल अभिव स्थित एभरेस्ट डिस्को हलमा सम्पन्न भएको सो स्वागत कार्यक्रममा अन्तरक्रिय कार्यक्रम पनि राखिएको थियो । कार्यक्रमका आयोजक संघ/सस्थाहरु मध्य प्रवासी नेपाली एकता मंच इजरायलका संयोजक तिर्थ गौतमको सभापतित्वमा भएको थियो , भने उपस्थित सम्पूर्णलाई स्वागत गर्दै नेपाल तामाङ घेदुङ इजरायलकी अध्यक्ष अनिता तामाङले स्वागत मन्तव्य राखेकी थिईन । कार्यक्रममा आयोजक संघ, सस्थाहरु लगायत उपस्थित सम्पूर्ण नेपालीहरुले नवनियुक्त राजदुत डा।अन्जान शाक्यलाई सामुहिक रुपमा स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए । उक्त कार्यक्रममा इजरायलमा रहेका नेपालीहरुले भोग्नु परेको समस्या तथा सुझाव सहितको १८ बुंदे ध्यानकर्षण पत्र महामहिम राजदुत डा अन्जान शाक्यलाई बुझाएको छ ।कार्यक्रममा उपस्थित सघ /सस्था , अनलाईन मिडिया कर्मी तथा उपस्थित सम्पूर्णको जिज्ञासा ,प्रश्नको बारेमा बोल्नु हुँदै महामहिम राजदुत डा अन्जान शाक्यले राजदुताबासमा कर्मचारीको कमिको बाबजुद पनि आफु इजरायलमा विभिन्न क्षेत्रमा रहेको नेपालीहरुको समस्यहरु बुझ्न र समाधानका लगायत दुई देश बिच सम्बन्ध सुधार्ने कार्यमा पनि प्रयासरत रहेको र रहने प्रतिबद्दता ब्यक्त गर्नु भएको थियो ,दुई देश बिचमा सुमधुर सम्बन्ध स्थापित गर्न राष्ट्रपती ,प्रधानमंत्रीको इजरायल भ्रमण हुनु पर्ने र यसको लागी आफु लागीरहेको पनि वहाले प्रस्ट पार्नु भयो । आफु राजदुताबास तथा इजरायलमा रहेका नेपालीहरुको बिचमा समस्या तथा सुझावहरुको छलफल गर्न जहिले पनि तयार रहेको पनि बताउनु भयो ।कार्यक्रम १६ वटा सस्थाहरुले संयुक्त रुपमा योजना गरिएको थियो भने कार्यक्रम नेपाली संघीय समाज इजरायलका सल्लाहकार समितिका अध्यक्ष सुन्दर सिंह योन्जन तामाङले संचालन गरेका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...