कास्कीका सहायक प्र जिल्ला अधिकारी अखिल क्रान्तिकारीले गाडी सहित नियन्त्रणमा ।

अन्य

कास्कीका सहायक प्र जिल्ला अधिकारी अखिल क्रान्तिकारीले गाडी सहित नियन्त्रणमा ।
मार्च १६ पोखरा :- कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्कन बराललाई अखिल क्रान्तिकारीले गाडी सहित नियन्त्रणमा लिएको छ ।शनिबार वहाले प्रयोग गर्ने ग १ झ ३६५ नम्बरको गाडीमा सवार बरालले शुरुमा मादी गाउँपालिकाको केन्द्र अनुगमका हिँडेको भनेर ढाँटेका थिए । करिव एक घण्टा नियन्त्रणमा लिएपछि उनले अन्जानमा गल्ती भएको स्वीकार गरी यस्तो गल्ती नदोहोर्याउने वाचा गरे पछि छाडिएको अखिल क्रान्तिकारीका केन्द्रीय सचिव क्षितिज सापकोटाले बताए।सार्वजनिक विदाको दिन सरकारी गाडी चडेर पारिवारीक भ्रमणमा निस्केका सहायक सिडियो सहित पाँच जनालाई मादी गाँपालिका ५ सुनपहेलीबाट नियन्त्रणामा लिएको सापकोटाले जाकारी दिए । राज्यमा गलत रूपमा प्रयोग भएका सरकारी गाडीको मनलाग्दी प्रयोग नरोके आफुले सक्त कारबाही गर्न सापकोटाले चेतवानी दिए । नेपाल कम्युनिष्ट पार्टी निकट बिधार्थी सङ्गठन अखिल क्रान्तिकारीले शनिबार सहायक सिडियो सहित वहाका परिवार र आफन्तलाई नियन्त्रणमा लिएर छोडेको हो ।सार्वजनिक बिदाका दिनमा सरकारी नम्बर प्लेटको सवारी साधन सरकारी कामकाजको सिलसिलामा प्रयोग गर्नु परेमा प्रयोजन खुलाइएको पास वा अधिकार प्राप्त निकाय वा पदाधिकारीको स्वीकृति लिएर मात्र प्रयोग गर्न पाइने भए पनि बरालले विना अनुमती चलाएका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...