अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखाले राष्ट्रिय अविस्कार केन्द्रलाई सहयोग रकम हस्तान्तरण ।

अन्य

अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखाले राष्ट्रिय अविस्कार केन्द्रलाई सहयोग रकम हस्तान्तरण ।
अप्रील ३० इजरायल :- अन्तराष्ट्रीय कलाकार मंच इजरायलद्वारा राष्ट्रिय अविस्कार केन्द्रलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।राष्ट्रिय अविस्कार केन्द्रको सहयोगार्थ अन्तराष्ट्रीय कलाकार मंच इजरायलद्वारा आयोजन गरिएको नयाँ वर्ष २०७६ को अवसरमा नयाँ वर्ष सांगितिक धमाका कार्यक्रमबाट उठेको रकम डा महाबीर पुनले संचालन गरेको राष्ट्रिय अविस्कार केन्द्र काठमाडौँलाई हस्तान्तरण गरेको छ । सो रकम ने रु ४६४८०० ( चार लाख चौसठ्ठी हजार आठ सय ) मेरो अनलाईन टि भीका संचालक बिस्व लिम्बुले सो केन्द्रका संचालक डा महाबीर पुनलाई हस्तान्तरण गरेको छ ।सो नया बर्ष कार्यक्रममा ख्यातिप्राप्त राष्ट्रिय कलाकार श्री राजेश पायल राई तथा श्री कुशल थलङ लिम्बुको प्रस्तुती रहेको थियो । सो कार्यक्रमबाट  आपतकालिन अक्षयकोष इलरायललाई पनि १०००|- (एक हजार सेकेल) सहयोग गरिने अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाका सचिव युनिका गुरुङ्गले बताउनु भएको छ |

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...