साझा,मयुर र अन्नपुर्ण लगायतक कम्पनीले सरकारलाई सहयोग गर्दै |

अन्य

साझा,मयुर र अन्नपुर्ण लगायतक कम्पनीले सरकारलाई सहयोग गर्दै |
मे ४ काठमाडौँ :-सिन्डिकेट पक्षधर यातायात व्यवसायीले सवारी नचलाउने घोषणा गरेपछि शुक्रबार बिहानै यात्रुहरुले असुविधा झेले ।तर सिन्डिकेट पक्षधर संघ र समितिले सवारी नचलाए पनि कम्पनीमा दर्तावालहरु सडकमा सवारी निकालेर सिन्डिकेटविरुद्ध जाइलागेका छन् । अन्य निजी सवारी साधनहरुले पनि सिन्डिकेटविरुद्धको अभियानमा साथ दिइरहेका छन् । विद्यार्थी मात्रै बोक्ने निजी विद्यालयका सवारी साधनले पनि यात्रु बोकेर गन्तव्यसम्म पुर्याइरहेका छन् ।साझा, मयूर, अन्नपूर्णलगायतका कम्पनीहरुले यात्रु ओसार्न थालेपछि अहिले यात्रुलाई केही सहज भएको छ । यद्यपि, चलेका सवारीले यात्रु थेग्न नसक्दा असुविधा झेलिरहेका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...