अमेरीका पुगेका नौ हजार नेपालीहरु फर्काउने तयारि |

अन्य

अमेरीका पुगेका नौ हजार  नेपालीहरु फर्काउने तयारि |
अप्रिल २५ वासिंटन :-विभिन्न बाटो हुँदै अमेरिका पुगेका ९ हजार नेपालीलाई त्यहाँको प्रशासनले नेपाल फिर्ता पठाउने तयारी गरेको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा अस्थायी रुपमा बस्दै आएका आप्रवासीहरुका बारेमा नयाँ नीति तर्जुमा गर्दै आप्रवासीहरुको संख्या कटौती गर्न लागेका हुन् । उनीहरुलाई अस्थायी रुपमा बस्न दिइएको अनुमति रद्द गरी स्वदेश फर्काउने तयारी भइरहेको अधिकारीहरुले जनाएका छन् । वासिंटन पोस्टले सम्बन्धित अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार त्यहाँ रहेका नेपालीलाई स्वदेश फर्कन एक वर्षको समयावधि दिइनेछ । सन् २०१९ जुन २४ सम्ममा पनि स्वदेश नफर्किएमा प्रशासनले कारवाही गरी फर्काइदिनेछ । अमेरिकाले नेपाल लगायत केही मुलुकका नागरिकका लागि अस्थायी आवासीय सुविधा दिदैं आएको थियो । हालै अमेरिकाले साल्भाडोरका २ लाख, हाइटीका ५० हजार र निकारागुवा तथा सुडानका सानो संख्यामा आप्रवासीहरुलाई अस्थायी आवासीय अनुमति रद्द गरेको थियो । ट्रम्प प्रशासनका अनुसार आप्रवासीहरुलाई दिर्घकालसम्म अमेरिकामा बस्ने सुविधाका लागि त्यस्तो अनुमति दिइएको थिएन । त्यसैले आवश्यकता अनुसार सरकारले उक्त नीतिमा पुनरावलोकन गरेको अधिकारीहरुको भनाइ छ । (एजेन्सी)

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...