सुन प्रकरण र सनम शाक्य हत्या काण्डका अभियुक्त एसएसपी श्याम खत्री जिल्ला अदालत मोरंगमा हाजिर |

अन्य

सुन प्रकरण र सनम शाक्य हत्या काण्डका अभियुक्त एसएसपी श्याम खत्री जिल्ला अदालत मोरंगमा हाजिर |
मे ३१ माेरङ:- तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या मुद्दाका फरार अभियुक्त एसएसपी श्याम खत्री जिल्ला अदालत मोरङमा हाजिर भएका छन्। स्रोतका अनुसार बिहिबार बिहान उनी आफैं अदालतमा हाजिर भएका हुन्। खत्री अदालतमा आएपछि जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा उनको बयान भइरहेको छ। यो मुद्दाका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले एसएसपी खत्रीलाई पक्रिए यो मुद्दाका धेरै कुरा बाहिर आउने बताएका थिए। नेपाल प्रहरीले खत्रीलाई पक्रन डिफ्युजन नोटिस जारी गरेको थियो। तस्करीको ३३ किलो सुन र सनम हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेले तस्करी गरी विमानस्थलमार्फत् भित्रिने सुनमा एसएसपी खत्रीले नै मुख्य भूमिका खेल्ने गरेको बयान दिएका थिए। एसएसपी श्याम खत्रीलाई सुन सेटिङको नाइके भन्दै प्रहरीको सम्पूर्ण सेटिङ उनैले गरेको गोरेले अदालतमा बयान दिएका थिए। गोरेले अदालतका बयानमा भनेका छन्, ‘अवैध तरिकाले विदेशबाट आउने सुन एसएसपी श्याम खत्रीको कोठामा पुग्थ्यो, खत्रीले नै समय अनुकूल मिलाएर बाहिर निकाली भनेको ठाँउमा ल्याइदिन्थे। गोरेको बयान अनुसार एसएसपी खत्रीले विमानस्थलबाट आएको तस्करीको सुन सरकारी गाडीमै राखेर तस्करीको अड्डासम्म पुर्याउने गरेका थिए। विदेशबाट सुन बोकेर नेपाल आएका भरिया सिधै खत्रीको कोठामा जाने र त्यहाँ सुन छाडेर बाहिर आउने गरेको समेत गोरेले अदालतमा बयान दिएका थिए। दैनिक एक पटकमा २५ देखि ३० किलो सुन सोही माध्यमबाट खत्रीले बाहिर निकाल्ने गरेको र सुन ल्याएको अन्तिम मितिसम्म खत्रीले ४ देखि ५ सय किलो सुन पास गराएको बयान दिएका थिए। गोरको बयान अनुसार खत्रीले त्यसरी बाहिर ल्याएको सुनको ज्याला भने प्रतिकिलो ५० हजार लिने गरेका थिए। गोरेले एयरपोर्ट बाहिरका प्रहरी अधिकृतलाई पनि खत्रीले रकम दिने भन्दै हिसाब लिने गरेको बयान दिएका थिए।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...