धर्म गुरु श्रीनिवाश जेल चलान |

अन्य

धर्म गुरु श्रीनिवाश जेल चलान |
मे ३० मोरङ,:- आफूलाई गोली हान्न लगाउने हिन्दु धर्मका धर्मगुरु श्रीनिवासाचार्य पूर्पक्षको लागि जेल चलान भएका छन् । उनले अर्को व्यक्ति आफैमाथि गोली हान्न लगाएको आरोप छ ।मोरङ जिल्ला प्रशासन कार्यालयमा भएको बयानपछि उनलाई पूर्पक्षको लागि जेल चलान गरिएको हो । मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको आदेश अनुसार श्रीनिवासाचार्यलाई सुनसरीको झुम्का कारागारमा थुनामा राख्न पठाइएको छ । उनलाई हात हतियार खर खजाना २०१९ को दफा २४ को ९क० बमोजिम जेल हाल्न प्रमुख जिल्ला अधिकारी आचार्यले आदेश दिनुभएको हो । उनीसहित उनका दुई सहयोगी माधव चौधरी र लक्ष्मीराज अधिकारी समेत जेल चलन भएका छन् । उनले गत चैत २५ गते राति बिराटनगरको जतुवामा रहेको रामजानकी मन्दीरमा पुराण भन्न गएको बेला आफैलाई गोलीहान्न लगाएका थिए । हिन्दु धर्म बचाउन भन्दै आफैले आफैंलाई गोली हान्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...