सुख्खा पहिरोको कारण मुग्लिङ्ग नारायणगढ सडक खण्ड अबरुद्द |

अन्य

सुख्खा पहिरोको कारण मुग्लिङ्ग नारायणगढ सडक खण्ड अबरुद्द |
जुन ३ काठमाडौँ :-चितवनको नारायणगढ मुग्लिन सडक अन्तरगत चारकिलो भन्ने स्थानमा आइतबार सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । साढे ३ बजे पहिरो खसेर अवरुद्ध भएको सडक खुलाउने पहिरो नरोकिएका कारण समस्या भएको चितवनका ट्राफिक प्रमुख सन्तोष पन्तले जानकारी दिनुभयो । पहिरो राकिए डेढ घण्टामा पन्छाउन सकिने उहाँले बताउनुभयो । सो क्षेत्रमा यसअघि पनि पटक–पटक पहिरो खस्दै आएको थियो। बिहान १० देखि ४ बजेसम्म सडक बन्द गरेर काम हुँदै आएकोमा बाटो खुल्नु अघि नै पहिरो खसेर सडक अवरुद्ध भएकाले सयौं सवारी बीच बाटोमै रोकिएका छन्।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...