बैदेशिक रोजगारमा पठाई दिन्छु भनेर ठगी गर्ने गाउपालिका अध्यक्ष पक्राउ |

अन्य

बैदेशिक रोजगारमा पठाई दिन्छु भनेर ठगी गर्ने गाउपालिका अध्यक्ष पक्राउ |
जुलाई १७ काठमाडाै‌:-बैदेशिक रोजगारका लागि पठाइ दिन्छु भनेर ठगी गरेको आरोपमा अछामका एक गाउँपालिका अध्यक्ष पक्राउ परेका छन् । विदेश पठाउने भन्दै पैसा लगेर ठगी गरेको आरोपमा रामारोशन गाउँपालिका अध्यक्ष झंकर साउद भास्कर पक्राउ परेका हुन् । साउँदलाई महानगरीय प्रहरी प्रभाग काँडाघारीले उनकै कोठाबाट सोमबार बेलुका पक्राउ गरेको हो । साउदले मकाउ पठाइदिने भन्दै तीन वर्ष अघि चारजना युवाबाट चारलाख रुपैयाँ लिएको र अहिलेसम्म विदेश पनि नपठाएको तथा पैसा पनि फिर्ता नदिएको भन्दै उनी विरुद्ध जिल्ला प्रशासन काठमाडौँमा उजुरी परेको थियो । पीडित पूर्णबहादुर खड्काका अनुसार साउँदले खड्काबाट दुई लाख, रबि बस्नेत, राजेन्द्रबहादुर चन्द, विश्नु क्षेत्रीबाट एक एक लाख रुपैयाँ तथा पासपोर्ट लगेका छन् । पटक पटकको प्रयास पछि साउँदले ३ चरणमा गरी एक लाख ५० हजार फिर्ता गरे पनि बाँकी रकम माग्दा उल्टै धम्काउने गरेको प्रहरीमा उजुरी दिएको खड्काले बताए । महानगरीय प्रहरीले भने जिल्ला प्रसासनबाट पक्राउ गरी दुवै पक्षलाई छलफलका लागि भोलाउनु र सहमति नभए कार्यालयमा हाजिर गराउनु भन्ने पत्र आएको जानकारी दिएको छ । साउँदले तत्कालीन नेकपा माओवादीबाट अध्यक्षमा जितेका हुन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...