सप्तरीमा आगोलागी हुँदा करिब १० लाख क्षति |

अन्य

सप्तरीमा आगोलागी हुँदा करिब १० लाख क्षति |
श्रावन १४ सप्तरी : -सप्तरीको सुरुङ्गा नगरपालिका–८ मा आज आगलागी हुँदा करीब रु १० लाखको क्षति भएको छ ।स्थानीय निर्चीदेवी रामको घरमा खाना पकाउने क्रममा आगलागी हुँदा निजको एउटा घर र एउटा भान्छा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । त्यस्तै शैनी रामको एउटा घर र छिमेकी पुरण रामको घर जलेर नष्ट भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।आगलागीबाट खाद्यान्न, लत्ताकपडा, अन्नपात, भाँडावर्तन र नगद जिन्सीसहित विभिन्न सरसामान जलेर नष्ट हुँदा करीब रु १० लाख मूल्य बराबरको क्षति भएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए । आगोलाई स्थानीयवासी, प्रहरी र राजविराज तथा लहानबाट गएका बारुणयन्त्रले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...