राप्रपा अध्यक्ष कमल थापालाई गृह जिल्ला मकवानपुरमा नेपाली कांग्रेसले नछोड्ने ।

अन्य

राप्रपा अध्यक्ष कमल थापालाई गृह जिल्ला मकवानपुरमा नेपाली कांग्रेसले नछोड्ने ।

अक्टुबर ३० मकवानपुर:-राप्रपा अध्यक्ष कमल थापाको गृह जिल्ला मकवानपुरमा नेपाली कांग्रेसले राप्रपाकासँग चुनाबी तालमेल नगर्ने भएको छ ।पार्टीको केन्द्रले गठबन्धन गर्ने निर्णय गरेपनि नेपाली कांग्रेसको जिल्ला तहले गठबन्धन नगर्ने निर्णय गरेको हो । कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेले मकवानपुर १ मा पार्टी जिल्ला सभापति इन्द्रबहादुर बाँनियालाई उठाउने बताए ।

केन्द्रमा भने मकवानपुर १ मा राप्रपाका अध्यक्ष कमल थापा उठ्ने सहमति कांग्रेस र राप्रपाबिच भएको छ । यसअघि चुनावी तालमेल गर्ने घोषणा गरेका कांग्रेस र राप्रपाले झापा ३ मा आ–आफ्ना उम्मेदवार घोषणा गरेका थिए |अब मकवानपुरमा पनि दुवै दलले आ–आफ्ना उम्मेदवार उठाउने भएपछि तालमेल झनै संकटमा परेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...