तमु प्ये ल्हु संघमा प्रवास शाखालाई स्वागत ।

अन्य

तमु प्ये ल्हु संघमा प्रवास शाखालाई स्वागत ।
सेप्टेम्बर २४ फिष्टेल न्यूज पोखरा :- तमु प्ये ल्हु संघ केन्द्रीय समितिले युके,अमेरिका,युएइ र कोरियाबा घर बिदामा नेपाल आउनु भएका सस्थाका प्रतिनिधिहरुलाइ सोमबार एक कार्यक्रमका बिच,स्वागत गरेकाछन । कार्यक्रममा तमु प्ये ल्हु संघ युके शाखाका कोषाध्यक्ष दिलिप तेलजे तमु,उहाकी धर्मपत्नी यमुना पह्च्यु तमु,युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष पदम कोने तमु,उपाध्यक्ष एनबी प्ल्हने तमु,पदम ल्हेगे तमु,गङ्ग टङ्गी लम तमु,सहज भुज तमु,युएइ शाखाका वरिष्ठ उपाध्यक्ष महेश लेम तमु,तमु प्ये ल्हु संघ कास्कीका पुर्व सचीव एवम् अक्षयकोष दाता खोमप्रसाद खक्यु तमुलाइ स्वागत गरिएको थियो । कार्यक्रममा युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष प्रदीप कोने तमु,युकेका कोषाध्यक्ष दिलिप तेलजे तमु,युएइका वरिष्ठ उपाध्यक्ष महेश लम तमु,खोमप्रसाद खक्यु तमुले प्रवासमा रहेका तमु संघ सङ्गठनहरुको गतिविधि माथि प्रस्ट्याउनु भएको थियो । तमु प्ये ल्हु संघका केन्द्रिय अध्यक्ष हितकाजी टु तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका दित्तिय उपाध्यक्ष पमबहादुर क्रोम्छे तमुले स्वागत र सहसचिव लोकेन पह्च्यु तमुले सहजीकरण गर्नु भएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...