गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलले आर्थिक बिषयमा अन्तरक्रिया कार्यक्रम गर्ने।

अन्य

गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलले आर्थिक बिषयमा अन्तरक्रिया  कार्यक्रम गर्ने।
डिसेम्बर ३ इजरायल :-गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल (एनआरएनएनसीसी)ले आर्थिक बिषयमा अन्तरक्रिया कार्यक्रम गर्ने। गैर आवासिय नेपाली संघ इजरायलको गएका कार्यकालहरुमा आर्थिक हिसाव कितावको विषयमा उठेका प्रश्नहरुलाई स्पष्ट पार्ने उद्देश्यले संस्थाका निवर्तमान पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारहरु, इजरायलमा क्रियाशिल विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीज्यूहरु, इजरायलमा रहेका संचारकर्मी तथा सरोकारवाला समाजसेवीहरुको उपस्थितीमा वृहत अन्तरक्रिया गर्न लागिएको एनआरएनए इजरायलका प्रवक्ता भोजराज क्षेत्रीले जानकारी दिनुभयो । दिउसो ठिक साढे १ बजेबाट एनआरएनए इजरायलको सचिवालयमा आयोजना गरिने उक्त अन्तरक्रियात्मक कार्यक्रममा इजरायलमा रहनुहुने जो कोही सरोकारवाला नेपालीहरु सहभागी हुन सक्ने संघले जनाएको छ ।संघले संस्थाको आर्थिक गतिविधिहरुको विषयमा सामाजिक संजालहरुमा भएका आरोप प्रत्यारोपहरु लगायत सरोकारवालाहरुले समेत सम्पर्क गरी प्रश्नहरु उठाउदै आइरहेकोले त्यसलाई स्पष्ट पार्न भनी गत साता एउटा प्रेस विज्ञप्ति समेत जारी गरेको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...