कापी कलम र पोशाक किन्न पैसा नभएको भन्दै प्रधानाध्यापकलाई पत्र लेख्ने छात्रालाई पत्रकार महासंघ गण्डकीका अध्यक्षको सहयोग |

अन्य

कापी कलम र पोशाक किन्न पैसा नभएको भन्दै प्रधानाध्यापकलाई पत्र लेख्ने छात्रालाई पत्रकार महासंघ गण्डकीका अध्यक्षको सहयोग |
भदौं ८ पोखरा :- -जन्म दिन धुमधामका साथ मनाउने प्रवृत्ति पछिल्लो समय नेपाली समुदायहरुमा वढ्दो छ । थुप्रै पैसा खर्च गरेर जन्म दिनको अवसरमा आफन्त तथा साथीभाईलाई पार्टी दिने र रमाईलो गर्ने संस्कृति वढ्दो छ ।तर पोखराका युवा पत्रकार तथा गण्डकी प्रदेश पत्रकार महासंघका अध्यक्ष त्रिभुवन पौडेलले भने आफ्नो जन्म दिनमा सहनिय काम गरेका छन् । वर्थेमा हुने खर्च उनले म्याग्दीका एक वालिकाको शिक्षामा खर्चेका छन् । आर्थिक अवस्था कमजोर भएका कारणले पढ्ने खर्च जुटाउन नसकेकोले विद्यालयवाट निकालिदिन प्रधानाध्यापकलाई पत्र लेख्ने बेनी नगरपालिका–६फोओठेकी १२ बर्षिया वालिका पुजा खत्रीलाई पौडेलले २१ हजार आर्थिक सहयोग गरेका हुन् । कापी कलम र विद्यालय पोशाक किन्न नसक्ने व्यहोराको मार्मिक पत्र प्रअलाई लेखेकी पुजालाई पौडेलले उनको शिक्षामा सहयोग पुर्याउन सहयोग गरेको वताए । ‘गरिविका कारणले पढाई छाड्न वाध्य वनेकी वालिकालाई केही गर्नुपर्छ भन्ने भावना आयो। उनको शिक्षादिक्षामा सहयोग पुग्ने ठानेर थोरै भएपनि सहयोग गर्न मन लाग्यो,उनले भने |

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...